
-विजय थापा
अमेरिका, ८ असार । गत जुन ६ तारिख बिहान ३ बजेर ४० मिनेटको बस चढ्नलाई सान्टारोजा शहरको ग्रेहाउण्ड बस स्टेसनबाट एक नेपाली सम्पर्कबिहिन भएका छन् । वेपत्ता भएका २५ वर्षिय आर्यन कार्कीको यात्रा टिकट अनुसार गन्तब्य टेक्ससको हुस्टन शहर रहेको जानकारी प्राप्त भएको छ ।
तर त्यहाँ पुगे पछि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । कार्की सम्पर्कबिहिन भएको उनका आफन्त द्वारा क्यालिफोर्नियाको सानडिएगो प्रहरीमा पहिलो सूचना दिइएको छ ।
कार्कीको बारेमा जानकारी प्राप्त भएमा उनका नजिकका दाजु बिजेन्द्र बस्नेत लाई ८१७ ९०३ ०६४१ मा जानकारी गराई दिन हुन अनुरोध गरिएको छ ।
भक्तपुर काँडाघारी बसोबास गर्ने आर्यनका बाआमाले छोराको अवस्था पत्ता लगाईदिन अमेरिकाका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेका छन् ।















प्रतिक्रिया