
-सञ्जय प्रधान
योगी अनि योगको अभ्युदय चार युगको प्रारम्भ सत्य युगदेखि मानिन्छ । युगौंदेखि नै यो सबैको निम्ति एउटा रहस्य बन्दै आएको छ । चार युगको धारा प्रवाहबाट बग्दै आएको कठीन योग साधनाकै कारणले योगीलाई सिद्ध पुरूष मानिँदै आएको छ । आज भारतमा कयौं योग गरूहरूको साधनाले योगा सर्वाधिक लोकप्रिय भएको छ ।
अनुयायीहरू उनलाई कयौं नसुल्झिएका रहस्यहरूभित्रका एकजना युवा हुन् साथै सिद्ध सन्त भन्छन् । यसो पनि भनिन्छ हिमालयले उनलाई आफ्नो पुत्र मान्छन् । तर युवा योगीले आफूलाई केवल भारतको एकजना आमनागरिक बताउँछन् ।
रगत जम्ने शून्य तापमानमा खाली खुट्टा हिड्छन् उनी, कहिले भीर (पहरामा) चढेर, कहिले पहाडको तेज गतिमा बग्ने खोलाको बीचमा उनी योगा गर्न सक्छन् । हिमालयसित उनी चिर परिचित भएका हुनाले उनलाई हिमालय पुत्र भनिन्छ । उनी हुन् युगौंदेखिको रहस्यमय मानिँदै आएको कौलान्तक पीठका पीठाधिश्व र योगी सत्येन्द्रनाथ । कौलान्तक पीठलाई आजसम्म पनि रहस्यमय पीठको रूपमा मानिन्छ । यस पीठको अस्तित्व सत्य युगदेखिकै मानिन्छ । योग साधना साथै अन्य कयौं विद्याहरूको मुख्य केन्द्र कौलान्तक पीठलाई मानिन्छ ।
योगी सत्येन्द्रनाथलाई हिमालयका एकजना अद्भूत योगी मानिन्छ । सायद ८०० वर्ष अघि समाप्त भइसकेको भारतीय सिद्ध परम्पराका लगभग आखिरी उत्तराधिकारी भनिन्छ । अनुयायीहरू उनलाई कयौं नसुल्झिएका रहस्यहरूभित्रका एकजना युवा हुन् साथै सिद्ध सन्त भन्छन् । यसो पनि भनिन्छ हिमालयले उनलाई आफ्नो पुत्र मान्छन् । तर युवा योगीले आफूलाई केवल भारतको एकजना आमनागरिक बताउँछन् । कयौं रहस्यमय साधनाहरू सफलतापूर्वक सम्पन्न गरेपछि मात्र कोही यस पीठको पीठाधिश्व बन्न सक्छन् । भौतिक विज्ञानदेखि कोशौं टाढा अध्यात्मको नैसर्गिक विज्ञान आत्मसाथ हुँदैछ, पुस्तकहरूमा लिखित ज्ञानको अतिरिक्त जुनै पनि आध्यात्मिक रहस्य हुन्छ । ती सबै कौलान्तक पीठसित छ भन्ने दावी गरिन्छ ।
योगीनीहरू, किन्नरहरू, अप्सराहरू, गन्धर्वहरू, देवताहरू, यक्ष–यक्षिणीहरू, जोगिनीहरू, भूतहरूसहित कयौं योनिहरू यहाँ गुप्त रूप साथै प्रकट रूपमा वास गर्छन् भन्ने अर्को विश्वास रहेको छ ।
कौलान्तक पीठ जसलाई मन्त्र विद्या, तन्त्र योग, आयुर्वेदको संरक्षक साथै प्रचारक मानिन्छ । यस पीठको कार्य थियो धर्म जगतका रहस्यहरू खोजी गर्नु, नसुल्झिएका प्रश्नहरूको समाधान गर्नु । रामायणमा वर्णन गरिएको सिद्धाश्रम यही पीठ हो भनिन्छ । आज पनि तपस्याका लागि सिद्धजन केवल कौलान्तक पीठलाई प्रमुख र पवित्र मान्छन् भन्ने विश्वास रहेको छ । धेरै मानिसहरू यस कौलान्तक पीठलाई नीलखण्ड, महाहिमालय उत्तराखण्ड आदि नामहरूले पनि चिन्छन् । योगीनीहरू, किन्नरहरू, अप्सराहरू, गन्धर्वहरू, देवताहरू, यक्ष–यक्षिणीहरू, जोगिनीहरू, भूतहरूसहित कयौं योनिहरू यहाँ गुप्त रूप साथै प्रकट रूपमा वास गर्छन् भन्ने अर्को विश्वास रहेको छ । यस पीठको धेरै विवरण टांकरी भाषाका ग्रथहरूमा उल्लिखित छन् (टांकरी भाषा: हिमाञ्चल प्रदेशको पुरानो भाषा) । ती ग्रन्थहरू केवल विदेशी आक्रमणकारीहरूले मात्र नभएर देशकै केही अबुझ व्यक्तिहरूले जलाएर नष्ट गरिदियो भनिन्छ । जादूगरीको दुनियाँमा कौलान्तक पीठको धेरैनै सूनाम थियो जहाँबाट विश्वमा कयौं जादूगर गुरु पैदा भए । तन्त्रमय इन्द्रजालको संसार देखेर होश उडेका कुराहरू पनि उजागर गरिएको छ ।
हठयोगी भन्ने साथ प्रायः जस्ता धेरैमा नै कौतुहल जाग्दछ अनि यसबाट पछि सर्ने गर्दछन् । यज्ञहरूको परम्परा कर्मकाण्डको अनौठो संसार हो कौलान्तक पीठ । शायद धेरैलाई यो कुरा थाहा छैन होला आज सबैले जुन पूजा–पाठ गर्छन् ती सबैलाई बनाउने श्रेय पनि कौलान्तक पीठलाई मानिन्छ । आज मानिसहरूका निम्ति यी कुरा स्वीकार्य हुन नसक्ला, तर यस बारेमा कौलान्तक पीठसित पनि बुझ्न सक्छन् । कौलान्तक पीठका अनुयायीहरूका अनुसार ‘गुरु जाए तो एकायामी–कौलान्तक जाए तो बहुआयामी’ अर्थात् संसारमा कुनै पनि गुरुकहाँ गए केवल एउटै विषयमा पराङ्गत बनाउन सक्छन्, तर कौलान्तक पीठमा गएर विद्या आर्जन गरे बहुआयामी बन्न सकिन्छ ।’
धर्मको सम्झना या त बुढेसकालमा आउँछ या त मृत्यु मुखेञ्जी हुँदा या अति नै सिकिस्त बिमार हुँदा या त आपद विपदमा परेका बेलामा । त्यसमाथि अझ धेरै धर्म गुरु साथै कयौं ग्रन्थ के गर्ने कसरी बुझ्ने ? यसै कारण कौलान्तक पीठलाई आफ्नो रूपमा आउन समय लाग्नेछ ।
धर्म जगतसित संलग्न रहेर योगी सत्येन्द्रनाथले साधकहरूसित जोडिएर धर्म साथै मानव मूल्यसित जोडिएका विभिन्न विद्याहरूको प्रचार गरिरहेका छन् । वर्तमान समय अति नै व्यस्त जिन्दगी भएको हुनाले कसैसित समय नहुनुको कारणले गर्दा मानिसहरूले जटिल साधनाहरू बारेमा बुझ्न सकेका छैनन् । मानिसहरू धर्मको नाममा केवल केही बेर भजन गर्नु, धार्मिक मनोरञ्जनमा नाच्नु–झुम्नु, बढीमा बढी कथा र प्रवचनसम्म सीमित रहन्छन् अनि साथमा कुनै धर्म गरुबाट विभिन्न सुरक्षाको ग्यारन्टी चाहन्छन् । यसभन्दा अरू बढी केही चाहँदैनन् कारण यहि सम्झिन्छन् कि यसभन्दा बढी केही आवश्यकता छैन । धर्मको सम्झना या त बुढेसकालमा आउँछ या त मृत्यु मुखेञ्जी हुँदा या अति नै सिकिस्त बिमार हुँदा या त आपद विपदमा परेका बेलामा । त्यसमाथि अझ धेरै धर्म गुरु साथै कयौं ग्रन्थ के गर्ने कसरी बुझ्ने ? यसै कारण कौलान्तक पीठलाई आफ्नो रूपमा आउन समय लाग्नेछ ।
कौलान्तक पीठले वर्तमान समयमा धेरै संख्यामा साधकहरू तयार पार्ने कार्यलाई गति दिने कार्य गरिरहेको छ । कयौं साधकहरू एकजुट भएर सनातनको सबैभन्दा पुरानो पीठलाई जीवन्त पार्ने कार्य गरिरहेका छन् । आत्मकल्याण र मानव जीवनलाई सुखमय बनाउने कार्य भइरहेको छ । कौलान्त पीठ किन यतिका वर्षसम्म रहस्यमय छ ? सिलगडीस्तिथ मेथीबारी, सालबारीमा भएको भेटमा प्रश्न गर्दा योगी सत्येन्द्रनाथ भन्छन्, ‘सबै धर्मलाई जनतासमक्ष ऋषिहरूले अघि ल्याएका हुन् । कौलान्तक पीठ रहस्यमय हुनुको कारण यो साधना केन्द्र, आध्यात्मिक केन्द्र साथै शोध केन्द्र हो । यसैले साधना, आध्यात्मिक र शोध कार्यमा कुनै किसिमको बाधा र समस्या नहोस् भन्ने उद्देश्यले जनतासमक्ष सार्वजनिक रूपमा अघि नल्याइएको हो ।’
कौलान्तक पीठका शोधार्थी र अनुयायीहरूमा पुरूषलाई भैरव अनि महिलालाई भैरवी भनिन्छ । यसबारेमा योगी सत्येन्द्रनाथ भन्छन ‘भैरवको अर्थ हुन्छ–भयबाट मुक्त हुनु अनि भैरवीको अर्थ हुन्छ डरलाई जित्नु । भैरव–शिव अनि भैरवी–पार्वती हुन् ।
कौलान्तक पीठ शोध केन्द्र भएको हुनाले यहीबाटै आध्यात्मिक ज्ञान, साधना र शोधकार्य पुरा गरेपछि नै यहाँका शिष्यहरूलाई जनता समक्ष प्रचारको निम्ति पठाइन्थ्यो भन्ने कुरा उनी बताउँछन् । गुरू गोरखनाथका गुरू मत्सेन्द्रनाथ पनि कौलान्तक पीठसित नै सम्बन्धित थिए । उनी भन्छन्, ‘मत्सेन्द्रनाथ पनि कौलान्तक पीठ कै हुन् र उनले पछिबाट अलग नाथ सम्प्रदाय स्थापना गरेका हुन् । नाथ सम्प्रदायको अभियान उनीपछि गोरखानाथले चलाए । नाथले पनि निराकारको साधना गर्छ या त निराकारको रूपमा शिवशक्तिको साधना गर्छ ।’ कौलान्तक पीठका शोधार्थी र अनुयायीहरूमा पुरूषलाई भैरव अनि महिलालाई भैरवी भनिन्छ । यसबारेमा योगी सत्येन्द्रनाथ भन्छन ‘भैरवको अर्थ हुन्छ–भयबाट मुक्त हुनु अनि भैरवीको अर्थ हुन्छ डरलाई जित्नु । भैरव–शिव अनि भैरवी–पार्वती हुन् ।’
कौलान्तक पीठले विभिन्न ठाउँहरूमा धेरै शिविरहरू आयोजना गर्ने गरेको छ । तर यस्ता शिविरहरू बारेमा सार्वजनिक रूपमा ठूला ठूला ब्यानर, होर्डिङसहरू लगाएर प्रचार गर्ने कार्य गरेको छैन । आज पनि यो पीठ रहस्यमयनै छ । पीठले समाज साथै मानव हितको निम्ति धेरै उद्देश्यहरू साथमा राखेको छ । पीठको उद्देश्य बारेमा कुरा गर्दै योगी भन्छन, ‘पीठले आजसम्म पनि शिविरहरू बारेमा सार्वजनिक गरेको छैन । पहिला पीठको केन्द्रमा जान अघि पूर्ण जाँच गरिन्छ, ऊ पीठमा बस्ने योग्यको छ या छैन । आज पनि यो पीठ रहस्यमा नै रहेको छ ।’ अहिलेको सामाजिक सञ्जालबाट भने पीठको बारेमा केही धेरथोर जानकारी प्राप्त हुन थालेको छ । उनी भन्छन ‘वर्तमान समयमा सामाजिक सञ्जालको कारणले गर्दा अलिअलि थोरै मात्रमा अघि आउन सकेको छ ।’
‘कौलान्तक पीठमा अमेरिका, इङ्ल्यान्ड, ययानाडा, जर्मनी, नेपाल साथै अन्य देशहरूबाट विदेशीहरू कौलान्तक पीठमा शोधकार्य गर्न आउँछन्’, उनी भन्छन, ‘उनीहरू शोधकार्यको निम्ति आउने मुख्य कारण रहेको छ । योगको उत्पत्तिस्थल कौलान्तक पीठलाई मानिन्छ । योग अनि तन्त्रको उत्पत्ति मूल रूपमा कौलान्तक पीठबाट भएको हो ।’ हिजोआज योगलाई धेरैले व्यवसायको रूप प्रचार गर्न थालेको बारेमा प्रश्न गर्दा उनी भन्छन्, ‘व्यवसायको निम्ति गरिने योगा केवल स्वास्थ्यसम्म मात्र सीमित रहन्छ । कौलान्तक पीठको योगा शारीरिक, मानसिक, बौद्धिक, आध्यात्मिक सबैलाई एकसाथ लिएर अघि बढ्छ । व्यक्तिलाई सबै विषयमा शिक्षित ज्ञानी बनाएर सबै क्षेत्रमा पूर्ण विकास गराएर अपराध, गरीबी, पारिवारिक यलेस कम गराउनु पीठको उद्देश्य रहेको छ ।’
कौलान्तक पीठमा आर्युवेद, आत्मरक्षाको निम्ति युद्ध विद्या, ज्योति विद्या, रसायन, सिद्ध चिकित्सा, वैद्धिक अनि जैविक कृषि, नृत्य कला, सीत कला विद्याहरू प्राचीन कालदेखि नै सिकाइन्छ ।
योगी सत्येन्द्रनाथका कुरा अनुसार कौलान्तक पीठ नेपालीहरूसित धेरै अघिदेखिनै सम्बन्धित छ । यस बारेमा उनी भन्छन, ‘दार्जिलिङ (सिक्किम) प्राचीनकालदेखि सिद्ध पुरूषहरूको क्षेत्र हो । दार्जिलिङबाट पहिलादेखि नै कौलान्तक पीठमा गएको हो । नेपालीहरूले गर्ने पूजा सबै कौलान्तक पीठसित सम्बन्धित छ । पाशुपालन परम्परासित जोडिएका छन्–भगवान शिवसित जोडिएका छन् । पहाडवासीहरू शरूदेखि नै महादेवसित सम्बन्धित छन् ।’
कौलान्तक पीठमा आर्युवेद, आत्मरक्षाको निम्ति युद्ध विद्या, ज्योति विद्या, रसायन, सिद्ध चिकित्सा, वैद्धिक अनि जैविक कृषि, नृत्य कला, सीत कला विद्याहरू प्राचीन कालदेखि नै सिकाइन्छ । वर्षमा दुईपल्ट पीठको शिविर कुु कोटल र बाली चौकी यी दुईवटा केन्द्रमा आयोजना गरिन्छ । ‘दिक्षाको निम्ति शिविरमा आउन सक्छन, तर यसको निम्ति पहिला जाँच गरिन्छ । व्यक्तिको गुणलाई हेरेर चयन गरिन्छ’, उनी बताउँछन् । कौलान्तक पीठबाट दिक्षा लिएपछि या त्यहीनै सेवा कार्यको निम्त बस्न इच्छुक भए ब्रह्मचार्य रहनु पर्छ भन्ने कुनै अनिवार्य छैन । पीठमा महिला र पुरूष बीच कुनै किसिमको भेदभाव हुँदैन सबै समान रूपमा नै राखिने कुरा गर्दै उनी भन्छन, ‘कसैको पनि व्यक्तिगत जीवनमा हस्तक्षेप गरिँदैन साथै पारिवारिक पृष्ठभूमि सोध्ने कार्य पनि हुँदैन । महिला र पुरूषमा भेदभाव गरिँदैन दुवैमा समानता राखिन्छ ।’ के अहिले हिन्दू धर्म खतरामा छ ? प्रश्न गर्दा उनी भन्छन्, ‘हिन्दू धर्म अहिले खतरामा छैन । मानिसहरूले खोज्नु पर्छ असली हिन्दू धर्म र त्यसको निम्ति कौलान्तक पीठमा आउनु पर्छ । पूजा–पाठ साथै ज्ञान कसैले पनि हासिल गर्न सयछन् ।’ उनले बताएअनुसार पीठमा उँच–नीचको कुनै भेदभाव हुँदैन । विश्वभरिमा कौलान्तक पीठको साधकहरूको संख्या ८० हजार छन् । कौलान्तक पीठको रहस्य बुझेर विदेशीहरू धेरै आउने गरेको उनी बताउँछन् ।
उनको जन्म हुँदाखेरि हिमालय क्षेत्रका विभिन्न स्थानमा गहिरो ध्यानमा बसेका अनुभवी योगी–योगीनीहरू र सिद्ध चिकित्सकहरूले सो बेला प्रकृतिमा भएको सो सुनौलो परिवर्तन दिव्य दृष्टिले देख्न सकेका थिए भन्ने विश्वास गरिन्छ । उनलाई इशपुत्र पनि भनिन्छ ।
को हुन् योगी सत्येन्द्रनाथ?
हिमाञ्चल प्रदेशको लारजीस्थित तीर्थन नदीको तटमा २३ अगस्त १९८३ सालमा मोहरसिंह ठाकुरका परिवारमा जेष्ठ पुत्रको रूपमा योगी सत्येन्द्रनाथको जन्म भएको हो । उनको जन्मलाई यस धरतीमा अवतरणको रूपमा अनुयायीहरू मान्ने गर्दछन् । पहाडी भेकको एउटा सानो ग्रामीण शहर लारजीकै पवित्र मानिने भूमिबाट बग्ने तीर्थन नदी तीनवटा नदीहरूको समागमबाट बनिएको हो । उनको जन्म हुँदाखेरि हिमालय क्षेत्रका विभिन्न स्थानमा गहिरो ध्यानमा बसेका अनुभवी योगी–योगीनीहरू र सिद्ध चिकित्सकहरूले सो बेला प्रकृतिमा भएको सो सुनौलो परिवर्तन दिव्य दृष्टिले देख्न सकेका थिए भन्ने विश्वास गरिन्छ । उनलाई इशपुत्र पनि भनिन्छ ।
२२ वर्षको उमेरमा मानव सभ्यतालाई त्याग गरेर हिमालयको खण्डाधार पर्वत श्रृखंलाको दुर्गम क्षेत्रमा गएर गहिरो समाधिमा लीन भएका थिए । उनले त्यहाँ सौर्य उर्जाकै भरमा जीवन बिताएका थिए भनिन्छ । एचएच श्री सिद्ध सिद्धान्तनाथजी महराज सतगुरू पछिको जन्ममा इशपुत्रकै सद्गुरू थिए भन्ने मान्यता कौलान्तक पीठमा रहेको छ ।
कौलान्तक पीठ
कौलान्तक पीठलाई कुलान्तर पीठ पनि भनिएको छ । कारण प्राचीन समाज साथै आज पनि धेरै ठाउँहरूमा महिलाहरूलाई गायत्री मन्त्र, योग, दस महाविद्या, तन्त्र साधना, वेदोफारण गर्ने साथै साधनाको अनुमति थिएन । कुनै पनि गुरुबाट कुनै कुमारी कन्या या विवाहित महिलाले दिक्षा लिन सक्दैन थिए । यदि कुनै कारणवश परे पिताका साथ आमा–बाबु, पतिको आज्ञा लिएर उनकै साथमा धर्म मार्गको दीक्षा लिन दिइन्थ्यो । तर पुरूषहरूलाई भने यस्तो कुनै बन्धन थिएन । त्यस समय केवल कौलान्तक पीठ एकमात्र यस्तो स्थान थियो जहाँ महिलाहरूलाई कुनै अनुमति बिना नै आफ्नो स्वतन्त्रता अनुसार दीक्षा लिने र साधना गर्नलाई अधिकार थियो ।
कुलान्तर जसको अर्थ हुन्छ …कुला…अर्थात…स्त्री… अन्तर…अर्थात भेद…अर्थात स्त्रीहरूको भेद नमान्ने पीठ ।
यसै कारणले गर्दा धेरै मानिसहरूले यस कुरालाई सहन सकेनन् र उनीहरूले नै शत्रु भावले ग्रस्त भएर पीठको नाम इर्षावश कुलान्तर पीठ राखिदिए भन्ने भनाइ छ । कुलान्तर जसको अर्थ हुन्छ …कुला…अर्थात…स्त्री… अन्तर…अर्थात भेद…अर्थात स्त्रीहरूको भेद नमान्ने पीठ । कौलान्तक पीठले यी सबै त्यस समय गरेको थियो जुन समय भनिन्थ्यो साधनाको बेलामा महिलाको छायाँ परे अमल हुन्छ । तत्कालीन केही तथाकथित योगी मठाधीश केही फिटको टाढादेखि मात्र महिलाहरूलाई दर्शन गर्ने अनुमति दिइन्थ्यो । विश्वको सबै धर्महरूमा स्थित परम्पराहरू भन्दा कौलान्तक पीठको परम्परा धेरै भिन्नै रहेको छ । यसका परम्पराहरू र मान्यताहरू संसारको अघि अहिलेसम्म आउन सकेको छैन । केवल सिद्ध अनि केही गुप्त नाथ योगीहरूले यसको जानकारी राख्छन, अधिकांश ज्ञान मौखिक रूपमा दिइन्छ ।















प्रतिक्रिया