बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

डिभोर्स सजिलो, सम्पत्ति पाउन कठिन

पत्नीको इच्छाबिनाको ‘सेक्स’ कानुनमै बलात्कार

दैनिक नेपाल २०७५ असार ६ गते १०:३८

काठमाडौं, ६ असार । ‘जीवनभर एउटा मानिससँग अपेक्षा गरेका कुरा कुनै एक क्षणमा फरक मानिसबाट प्राप्त हुन्छ’, वैवाहिक सम्बन्धमा पतिबाट नपाउने सुख परपुरुषबाट पाउन सकिने सम्भावनालाई चरितार्थ गर्दै लेखिका, फोटोग्राफर स्टेफेनी केलिनले भनेकी छन्,‘त्यसकारण डिभोर्स गर्न पाउनुपर्छ ।’

केलिनको यो भनाई वा धारणा नेपाली समाजको साधारण घटनाजस्तो बनिसकेको छ । वैदेशिक रोजगारी, व्यस्त जीवन र समय ह्रासमा शारिरीक वा भावनात्मक सम्बन्ध बलियो नभएका कारण धेरैको सम्बन्ध विच्छेद हुन थालेको छ । यसले पति वा पत्नीलाई स्वतन्त्र जीवनका लागि बाँच्ने छुट त दिएको छ तर सम्पत्ति सम्बन्धि व्यवस्थाले नकारात्मक प्रभाव पारेको थियो ।

अब त्यस्तो हुनेछैन । किनकी कानुन नै फरक बनिसकेको छ ।

उच्च घरानीया मात्र होइन, निम्न मध्यम वर्गीय समाजमा पनि सम्बन्ध विच्छेद सामान्य जस्तो हुन थालेको छ । खासगरी आफुले सम्बन्ध स्थापित गर्न खोजेका पुरुष वा महिलासँग फरम सम्बन्ध राख्ने उद्देश्यसहित सम्पत्तिको लोभममा पनि सम्बन्ध विच्छेदको ग्राफ बढिरहेको छ । तर, अब नयाँ कानुनले यस्ता प्राबधानलाई साँघुरो बनाएको छ ।

मुलुकी ऐनको प्रतिीस्थापन गर्दै आउन लागेको देवानी कानुनमा पत्नीले स्वेच्छाले सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा पतिको हिस्साको सम्पत्ति नपाउने प्रस्तावित कानुनमा उल्लेख छ ।

यहि कानुन कार्यान्वयन भए सम्पत्तिको लोभममा हुने सम्बन्ध विच्छेदमा न्युनिकरण हुनेछ । पत्नीले चाहेका बेला सम्बन्ध विच्छेद गर्दा पतिले आफ्नो हिस्साको सम्पत्ति दिनुपर्ने कानुन प्रतिस्थापन गर्दै पति कारण नभए सम्पत्ति दिन नपर्ने कानुन प्रस्ताव छ ।

यो कानुनलाई संसदले पारित गरी राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कार्यान्वयनमा आउनेछ । ०७३ सालमा नै यो कानुनको ड्राफ्ट भएको थियो । तत्कालिन विधायन समितिमा सभापति राधेश्याम अधिकारीको संयोजकत्वको टोलीले यस्तो कानुनको प्रस्ताव गरेको थियो । अधिकारी कानुन व्यावसायी पनि हुन् ।

संसदमा २०७२ सालमा पेश भएको मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याइएका विधेयकहरू माथि उपसमितिले ११ महिनामा १ सय ६८ घण्टा खास छलफल भएको थियो । यस्तो कानुनको बुकलेट नै तयार भइसकेको छ । प्रमाणिकरण गरी कार्यान्वयनमा ल्याउन मात्र बाँकी छ । यो कानुन कार्यान्वयनका लागि अहिले समस्या छैन । दुई तिहाई बहुमत रहेको नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पारित गरेको खण्डमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।

यता, देवानी कानुनमा पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पतिपत्नीबीच सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था गरिएको छ ।

पतिले पत्नीको इच्छाबिना सेक्स गरे त्यो बलात्कार ठहर हुनेछ । पतिले जाँड रक्सीको मातमा पत्नीलाई दुःख दिने र पत्नीकोे इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती यौन सम्पर्क गरेका कारण यस्तो कानुन आएको हो ।

गर्ने गरेका घटना सञ्चारमाध्यममार्फत बाहिर धेरै आउने गरेपछि त्यस्तो प्रावधानको व्यवस्था गरिएको सांसदहरूको भनाइ छ ।

सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थामा पतिले पत्नीको मञ्जुरीबिना पनि सम्बन्ध विच्छेद गर्नसक्ने चारवटा कारण उल्लेख गरिएको छ भने पत्नीका लागि सम्बन्ध विच्छेद गर्नसक्ने ६ वटा व्यवस्था प्रस्ताव थियो ।

पतिले तीन वर्षसम्म पत्नीसँग अलग बसेमा, पत्नीले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग–भङ्ग हुनेगरी कष्ट दिएमा वा जाल प्रपञ्च गरेमा र पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्नसक्ने छ ।

सोहीअनुसार, पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था गरिएको छ । जसमा पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष अलग बसेमा, पतिले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, शारीरिक मानसिक यातना वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य स्त्रीसँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहँदा गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित