३ कार्तिक २०८३, मंगलबार

‘डिनर’ले बनायो डोरमणीको इज्जत डामाडोल

418.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । रक्सी पिउनु नयाँ कुरा होइन । भीआइपीले पिउनु त झन समान्य कुरा हो । तर एउटा सरकारी ओहदाको मुख्य मानिस भएर विवादीत व्यापारीसँग एउटै सोफामा बसेर पिउनुचाहीँ विवादीत विषय बन्छ ।

प्रदेश ३ का मुख्यमन्त्रीको हाल अहिले यहि छ । मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडाका व्यापारी, विवादीत व्यापारी अजेयराज सुमार्गीसँग वाइन सहितको डिनर गरिरहेको तस्बिर भाइरल हुन थालेको छ ।

प्रदेशको कार्यकारी प्रमुखले एउटा साधारण व्यापारीसँग एउटै सोफामा बसेर वाइन खाएको तस्बिर लिक हुनुले मुख्यमन्त्री पौडेललाई घाटा भएको छ । ‘कि यस्ता तस्बिर खिच्न हुँदैन, खिचेपछि सार्वजनिक गर्न हुँदैन’, नेकपाका एक नेताले भने,‘पारिवारिक भेट नै मानिए पनि यस्ता तस्बिरले नागरिकमा नराम्रो छाप पार्छ ।’

स्वास्थ्य शिक्षा विधेयकको विवाद चलिरहेका बेलामा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईको घर पुगेर ‘लन्च’ गरेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि तिव्र आलोचना गर्दै फेसबुकमा तस्बिर भाइरल बनाइएको थियो ।

उक्त तस्बिरका कारण नेकपा अध्यक्षद्वयको कनेक्शनका विषयमा चर्चा भएको थियो । तर मुख्यमन्त्री पौडेलसँग डिनर गर्ने सुमार्गी पनि नेकपा अध्यक्ष प्रचण्डसँग नजिक रहेको चर्चा चल्ने गरेको छ ।