३ कार्तिक २०८३, मंगलबार

गोलाप्रथामा पनि काँग्रेसलाई धक्का !

99.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चार वर्षपछि कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको छ ।

सोमबार राष्ट्रियसभाका ५९ जना सांसदको गोलाप्रथाबाट पदावधि टुङ्गो लगाउने क्रममा नेपाली काँग्रेसका १३ सांसद मध्ये ४ जनाको मात्र ६ वर्ष चिठ्ठा परेको छ ।

यस हिसाबले आगामी चार वर्षपछि राष्ट्रिय सभामा काँग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको हो ।

काँग्रेसका १३ जना सांसद मध्ये ७ जनालाई २ वर्षको चिठ्ठा परेको छ, २ जनालाई ४ वर्ष र ४ जनालाई ६ वर्षको चिठ्ठा परेको संसद सचिवालयले जनाएको छ ।