शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

अर्थमन्त्री खतिवडा सबैभन्दा अभागी, राष्ट्रिय सभा अध्यक्ष सबैभन्दा भाग्यमानी !

दैनिक नेपाल २०७५ असार ४ गते १२:४१

काठमाडौं, ४ असार ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई ६ बर्षको चिट्ठा परिरहँदा अर्थमन्त्री युवराज खतिवडालाई २ वर्षको मात्र चिट्ठा परेको छ ।

संसद भवन नयाँ बानेश्वरमा भएको गोलाप्रथामा तिमिल्सिना भाग्यमानी सावित भएका हुन् । जबकी अर्थमन्त्री डा. खतिवडालाई २ वर्षे कार्यकालको मात्र चिठ्ठा परेको छ ।

यस्तै राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गृहमन्त्री रामबहादुर थापालाई पनि ६ वर्षको चिठ्ठा परेको छ । वर्तमान सरकारमा राष्ट्रियसभाबाट २ जना फूल मन्त्री थिए ।

प्रदेशगत रूपमा विजयी भएका ५६ र राष्ट्रपतिबाट मनोनित ३ जना सदस्यको पदावधिका लागि गोलाप्रथा भएको हो । उपाध्यक्ष शशिकला दाहाल र गायिकासमेत रहेकी राष्ट्रिय सभा सदस्य कोमल वलीलाई ४ वर्षको चिट्ठा परेको छ ।

यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल पनि दुई वर्ष हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित