शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई ६ वर्षको चिठ्ठा

दैनिक नेपाल २०७५ असार ४ गते १२:२७


काठमाडौँ, ४ असार । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभाका सदस्यको पदावधिका लागि सोमबार भएको गोलाप्रथामा उनलाई ६ वर्षको चिठ्ठा परेकाे हाे ।

उपाध्यक्ष शशिकला दाहाललाई भने ४ वर्षको चिठ्ठा परेको छ । संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ । उनीहरूको पदावधी गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएको छ ।

राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको हो ।

सदस्यको पदावधिका लागि अहिले संसद भवन नयाँ बानेश्वरमा गोलाप्रथा चलिरहेको छ । प्रदेशगत रूपमा विजयी भएका ५६ र राष्ट्रपतिबाट मनोनित ३ जना सदस्यको पदावधिका लागि गोलाप्रथा भएको हो ।

प्रतिक्रिया
सम्बन्धित