
न्युयोर्क , १७ जुन । शनिबार न्युयोर्कको ज्याक्सन हाईट्स बेलिजिनो सभा कक्षामा अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टर द्रारा आयोजित कलाकार तथा साहित्यकार नदिया लिबाँगको कबिता संग्रह “नदिया लहर” लोकार्पण गरिएकाे छ ।
कार्यक्रममा स्रष्टा नदिया लिबाँग र उनको छोरी क्रिष्टल द्वारा अभिनित “एउटी छोरीको प्रतिज्ञा” शिर्षक कबिताको छाँया चित्र साथै गीतकार धन लामाको शब्दहरु, गायिका अन्जु पन्तको स्वर र नादिया लिबाँग, कृष थापा र अनु खड्का द्वारा अभिनीत गीतको छाँया चित्र पनि प्रस्तुत गरिएको थियो ।
दुई दशक देखि बिश्वकै सम्राट राज्य न्युयोर्कमा बसोबास गर्दै आएकी कलाकार तथा साहित्यकार नदियाले लिबांग थापाले कार्यक्रमबीच कवितालाई श्रब्य दृश्यमा प्रस्तुत गरिदा दर्शक तथा सहभागीहरु भाबुक भएका थिए । लामो समयको अन्तराल पछि उनले कविता पुन: लेख्न थालेकी हुन् भने उनको यो प्रथम पुस्तक हो ।
अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष तथा साहित्यकार राजेन्द्र श्रेष्ठले उपस्थित सम्पूर्ण साहित्यकार, साहित्य अनुरागीहरु, समाजका भद्र भलाद्मीहरु तथा पत्रकारहरुलाई धन्यबाद दिंदै स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।















प्रतिक्रिया