शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

बेलायतमा ‘भिसी कप’ सम्पन्न, सुपर भेट्रानतर्फ एफसी केन्टको बिजयी

दैनिक नेपाल २०७५ असार ३ गते १५:५१


-सुरेन्द्र इङ्नाम

केन्ट, बेलायत, १७ जुन । शनिबार बेलायतको फेल्थाम, लण्डनमा ‘गोर्खा नेपाली समाज लण्डनको आयोजनामा ‘भिसी कप’ सम्पन्न भएको हो ।

सदाको वर्षहरु जस्तै यस वर्ष पनि गोर्खा नेपाली समाज लण्डनले आयोजना गरेको यस फुटबल खेलमा भेट्रान टिममा ५ टिम, र सुपर भेट्रानमा ६ टिम गरि ११ टिमहरुले भाग लिएका थिए ।

सुपर भेट्रानमा सबै टिमहरुलाई जितेर ‘एफसी केन्ट, गोर्खा भेटरेन’ ले शिल्ड सहित नगद ४ यस पाउण्ड हात पारेको थियो, यस्का साथै धन बहादुर राई बेस्ट प्लेयर र छबिन्द्र चोङ्बाङ टप स्कोरर भएका थिए ।

उक्त सुपर भेट्रानको रनर अप टिम ‘ईन्टेक ९०’ भएको थियो । भेट्रान तर्फ ईलाम एफसीले शिल्ड सहित नगद ६ सय पाउण्ड र धरान समाज ४ सय पाउण्ड पुरस्कारसहित रनर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित