
काठमाडौं, ३ असार । १७ मध्येका ६ कम्पनीलाई पहिलो चरणमा छनौट गर्दै तराईको द्रुत मार्ग विस्तृत परियोजना प्रस्ताव (डिपिआर)का लागि नेपाली सेना अगाडी बढेको छ ।
४ बर्षमा परियोजना तयार पार्नका लागि सेनाले जिम्मा पाएको थियो । सरकारले अझ एक बर्ष थपेपछि अब ५ वर्षमा द्रुतमार्ग सेनाले निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । संसदमा सेनाले उक्त काम गर्न नसक्ने भन्दै प्रश्न उठेपछि अब चुनौति यो छ की – के ५ बर्षमा नेपाली सेनाले यो मार्ग सम्पन्न गर्ला ?
उच्च सैनिक अधिकारी भन्छन्– सम्पन्न हुन्छ । काम सुरु भइसकेको छ । पाएको अवधि अघि नै सक्ने तयारी छ ।
एसियाली विकास बैंकले तयार गरेको अध्ययन प्रतिवेदन र सेनाकै इन्जिनियरिङ अध्ययनका आधारमा द्रुतमार्गको काम अघि बढाइएको छ । डाँडा काट्ने, रिटेनिङ वाल र नाली, अस्थायी पुल निर्माणलगायत काम जारी रहेको द्रुत मार्ग निर्माणमा २२ वटा ठेकेदार कम्पनी सक्रिय छन् ।
भारतीय कम्पनीले यसअघि तयार गरेको डीपीआर किन्न खोज्दा अत्यधिक रकम मागेपछि नेपाली सेना आफंै डीपीआर तयार गर्न लागिपरेको हो । सेनाको प्राविधिक टोलीले अध्ययन गरेर २० करोड रुपैयाँसम्ममा त्यसको आवश्यक भाग मात्र खरिद गर्ने जनाएपछि भारतीय कम्पनी मानेको थिएन ।
सेनाका सहायक रथी गोकुल भण्डारीका अनुसार अहिले १० स्थानबाट काम भइरहेको छ, ठेकेदार कम्पनीले पनि काममा कन्जुस्याइँ गरेका छैनन् । ६२ पुलका लागि १५ कम्पनीले प्रस्ताव हालेका छन्
७६ किलोमिटरको द्रुतमार्गमा ३ किलोमिटर सुरुङ रहनेछ । सुरुङले पुलको संख्यासमेत घटाएको छ । पहिले सुरुङ छोटो रहने योजना बनेकोमा अहिले बढाएर पुलको संख्या घटाइएको हो ।
राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो र रणनीतिक महत्त्वको सडक मानिएको यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाएको छ । तर राजनीतिक रूपमा संसदमा नै सेनाले यो काम समयमा पुरा गर्न नसक्ने प्रश्न उठेपछि के तोकिएको समयमा काम सकिएला त ? शंका पनि छ ।















प्रतिक्रिया