३ कार्तिक २०८३, मंगलबार

नाम चलेका व्यापारीको गोदाममा प्रहरीको छापा, पूर्व सभासद् रुंगटाका भाई पक्राउ

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनिल अग्रवाल

वीरगञ्ज, २ साउन । आन्तरिक राजश्व विभागले वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्याक्ष समेत रहेका व्यापारी अनिल अग्रवाल पटवारीको गोदाममा छापा मारेको छ ।

छापामारेर प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मरिच बरामद गरेको छ । गोप्य सूचनाका आधारमा राजस्वको टोलीले अग्रवालको व्यापारिक प्रतिष्ठानमा छापामारेको हो । राजश्व विभागले अग्रवालको गोदाममा छापामारेपछि तस्करीमा संलग्न अन्य व्यापारीहरू तर्सित बन्न पुगेका छन् ।

अग्रवालको रामटोलस्थित गोदाममा रहेको छ । राजश्वको टोलीले गोदाममारहेका सबै कागजपत्र पनि कब्जा गरेको छ । गोदाममा राजश्व विभागका निर्देशक ध्रुव पोखरेल नेतृत्वको टोली छापामारेको थियो ।

राजश्व अनुसन्धान कार्यालय पथलैयाका निमित्त प्रमुख भीमप्रकाश देवकोटाका अनुसार विभागको टोलीले वीरगञ्जका व्यापारी अग्रवालको गोदाममा छापामारेर कब्जा गरिएको थियो ।

मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा दोब्बर मूल्यमा बिक्री हुने गरेको छ । त्यस कारण मरिच भारततर्फ तस्करी हुने गरेको छ ।

२०७४ साउन १४ गतेदेखि हालसम्म प्रहरीले अवैध रुपमा भारततर्फ निकासी गर्ने क्रममा १८ टन मरिच बरामद गरी सकेको छ । मरिच तस्करीमा प्रयोग भएको १० चक्के ट्रक, दुई वटा ट्याक्टर, एउटा मोटरसाईकल र ८ जनालाई समेत प्रहरीले राजश्वको जिम्मा लगाइ सकेको छ ।

यसैबीच, वीरगञ्जका व्यवसायी एवम् पूर्व सभासद् अनिल रुंगटाका भाई अनोज रुंगटालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आदर्शनगरमा रहेको अनोजको विशाल हार्डवेयर पसलमा छापा मारेर उनलार्इ प्रहरीले पक्राउ गरेको हो ।

जगदम्बा समूहका सदस्य तथा जगदम्बा इन्टरप्राइजेज प्रालिका सञ्चालक अनोजमाथि नक्कली भारतीय ‘रेती’ बिक्री गरिहेको पर्सा प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलार्इ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतीय रेती कम्पनी जेके फाइल एण्ड टुल्स इण्डिया लिमिटेडले आफ्नो उत्पादन नक्कल बिक्री गरेको आरोपसहित प्रहरीमा उजुरी गरेपछि अनोजलार्इ पक्राउ गरिएको हो ।

प्रहरीले छापा मार्दा चार इन्चको एउटा डब्बामा १० पिस रेती भएको ३५५ डिब्बा नक्कली रेती बरामद गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

जेके कम्पनीको नक्कली रेती आफूले उत्पादन नगरेको उनले दावी गरेका छन् । नक्कली रेतीमा एमआरपी ५ सय १० रुपैयाँ लेखिएको छ तर सक्कलीमा मूल्य छैन ।

भारतीय कम्पनीका बजार अधिकृत पंकज गुप्ताका अनुसार अनोजले चीनबाट जेके ब्राण्डमै सामान बनाएर ल्याउने गरेका थिए ।