१ कार्तिक २०८३, शनिबार

मिस नेपाल नर्थ अमेरिकामा सहभागी हुन २ दर्जन निवेदन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि क्यानडा र मेक्सिको लगायतबाट २० जनाभन्दा धेरै प्रतिस्पर्धीको निवेदन प्राप्त भएको छ ।

प्रथम पटक हुन् लागेको मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुनेछ । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्दैछ ।

आगामी जुलाई १ तारिख अन्तिम चरणमा छनौटमा परेकाको नामावली घोषणा गरिनेछ । निवेदन आएका मध्येबाट छनौट गरिनेछ ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ वर्षसम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण, प्रतियोगी उत्तर अमेरिका निवासी, नेपाली मूल, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनुपर्ने तथा जीवनवृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

मेलरोज बलरुममा कार्यक्रम अगस्त ११ तारिख समापन हुनेछ ।