लिस्बन । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पाँचौँ अधिवेशन आगामी २२ जुलाईमा हुने भएको छ ।
समितिको बैठकको निर्णय अनुसार पाँचौ अधिबेशनको मिति तय भएको समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए । अधिवेशन राजधानी लिस्बनको आञ्जोसस्थित जिनासियो हलमा हुने भएको हो । अधिवेशनको मिति तय भएसंगै मूल आयोजक समिति र आवश्यक उपसमितिहरू गठन गरेर तयारीमा लागिएको उनले बताए ।
गत वर्ष नै हुनुपर्ने अधिवेशन विविध कारणले हुन सकेको थिएन । अधिवेशनलाई लक्षित गरी समितिले यतिबेला सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई तीव्रता दिएको छ ।
अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि सभापति सापकोटाको संयोजकत्वमा २ सय २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
समितिले विभिन्न उपसमितिहरू समेत गठन गरेको छ । समितिका सदस्य अशोकचन्द्र घिमिरेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन उपसमिति गठन गरेको छ ।
महासमिति सदस्य चिजकुमार तामाङको संयोजकत्वमा ५ सदस्यीय विधान संसोधन उपसमिति गठन गरिएको छ ।
समितिका उपसभापति सुशील शर्मा गैह्रेको संयोजकत्वमा १३ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । अर्का उपसभापति तिलकप्रसाद गैह्रेको संयोजकत्वमा ७ सदस्यीय अतिथी सत्कार उपसमिति गठन गरिएको समितिले जनाएको छ ।
समितिले महामन्त्री विनोद घिमिरेको संयोजकत्वमा १३ सदस्यीय प्रचार–प्रसार उपसमिति गठन गरेको छ । सह–महामन्त्री बैकुण्ठ गौतमको संयोजकत्वमा ९ सदस्यीय स्वयंसेवक उपसमिति गठन गरिएको छ ।
महासमिति सदस्य चिजकुमार तामाङको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतिक उपसमिति गठन गरिएको समितिले जनाएको छ ।
समितिमा झण्डै एक हजार क्रियाशील सदस्य रहेको र नयाँ सदस्यता थपिने क्रम समेत जारी रहेको महामन्त्री घिमिरेले जानकारी दिए । अधिवेशनको तयारीसंगै संगठन बिस्तार, भेटघाट र भेलालाई तीब्रता दिइएको उनले बताए ।
पोर्चुगलमा सन् २००६ मा स्थापना भएको समितिमा दुई कार्यकाल पूर्ण हमाल सभापति रहेका थिए । पछिल्लो दुई कार्यकाल अर्थात् हाल सापकोटा सभापति रहेका छन् ।
अधिवेशनले आगामाी २ वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
















प्रतिक्रिया