काठमाडौं, २३ जेठ । गत ३ कात्तिक तिहारको बिदाको दिन ह्याक भएको केही घन्टाभित्रै बैंकमा रहेको साढे ४६ करोड रुपैयाँ लन्डन, जर्मन, चीन, हङकङ, टर्की, जापान र अमेरिकाका विभिन्न बैंकमा ट्रान्सफर गरिएको थियो ।
ट्रान्सफर गरिएको रकम भुक्तानीका लागि ह्याकरले ३९ वटा अर्डर दिइसकेको थियो । त्यसमध्ये ३१ वटा अर्डर भने सफल हुने चरणमा थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
पछि बैंकले प्रक्रिया नपुगेको भन्दै २३ वटा अर्डर रोकेपछि रकम भुक्तानी हुन सकेन । त्यसबाहेकको ४ वटा अर्डरबाट भने भुक्तानी भएको थियो ।














प्रतिक्रिया