१ कार्तिक २०८३, शनिबार

अमेरिकामा भारत्तोलनका स्वर्ण पदक बिजेता नेपाल जादै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

वाशिंगटन डिसी । नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकाको डिसी क्षेत्रमा डेढ दशकदेखि बस्दै आएका आइपीएल (भारत्तोलन)का स्वर्ण पदक बिजेता रुप कार्की भारत्तोलनको प्रशिक्षण दिन मातृभूमि नेपाल जाने भएका छन् ।

आगामी जुन ११ तारिख अमेरिका बाट नेपाल उड्ने भएका छन् । नेपाल जुन १३ तारिख पुग्ने छन् । उनी काठमाडौं, पोखरा, धरान, बुटवल लगायत शहरमा भारत्तोलन सम्बन्धि बिशेष तालिम दिने उदेश्यले जान लागेका हुन् ।

गैरआवसीय नेपाली संघ अमेरिकाको खेलकुद समितिका सदस्य हुन् । कार्कीले गत वर्ष नोभेम्बर १९ तारिख एटलान्टा आईपीएल, इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगितामा आफ्नो तौल समूहमा स्वर्ण जितेका थिए ।

उनले कुल १४ सय पाउण्ड उठाई उनले स्वर्ण पदक प्राप्त गरेका थिए ।