१३ कार्तिक २०८३, शुक्रबार

पार्टी एकता भएको एक महिना नपुग्दै नेकपालाई अर्को झमेला, तनावमा ओली–दाहाल

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा लाई नयाँ दल दर्ता गर्न फेरि कानूनी झमेला आईलागेको छ ।

अर्को राजनीतिक दलसँग नाम जुधेपछि दल दर्ता गर्न नाम परिवर्तन गर्न बाध्य भएको नेपाल कम्युनिष्ट पार्टी (नकेपा) अहिले नयाँ दल दर्ता गर्नका लागि ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य व्यवस्थाले अन्योलमा परेको छ ।

नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानूनी अड्चन आइलागेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा सबै कमिटीमा कम्तीमा ३३ प्रतिशित महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ ।