१३ कार्तिक २०८३, शुक्रबार

सुनकाण्डमा भरिया पक्राउ, मालिकलाई उन्मुक्ति

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । काठमाडौंको गौशलानजिक पिंगलास्थानबाट २०७३ पुुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त घटनामा ३३ जनाविरुद्ध मुद्धा चलायो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा रहे पनि एसएसपी श्याम खत्रीसहित ४ जना व्यापारी भने नाम मात्रको घरौटीमा छुटे ।

सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेकासहित अन्य कुनै न कुनै प्रमाणका अधारमा संलग्न देखिएकालाई पुर्वपक्षका लागि थुनामा राख्ने आदेश गरेको जिल्ला अदालत, काठमाडौं ४ व्यापारीका हकमा भने उदार देखियो ।

न्यायधीश दीपेन्द्र अधिकारीको ईजलासले २०७३ चैत्र ४ गते गरेको आदेशमा राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ प्रत्यक्ष संलग्न भएको नदेखिएको भन्दै उनीहरूलाई १–१ लाख रुपैयाँ धरौटीमा रिहा गरियो ।