जापान । एउटा खर्बुजालार्ई नेपालमा कति मूल्य पर्ला ? २००, ३०० या हदै भए ५०० सम्म । तर खर्बुजाको मूल्य एउटा लक्जरी कार बराबारको छ भन्दा पत्याउनुहुन्छ । साउद गाह्रो पर्ला । तर यो सत्य हो । हालसालै जापानमा एक जोडी खर्बुजा करिव ३० लाख रुपैयाँ भन्दा बढि मूल्यमा बिक्री भएको छ ।
जापानमा भएको यी प्रिमियम खर्बुजाको लालामीका क्रममा एक जोडी खर्बुजा २९ हजार ३०० डलर अर्थात करिब ३१ लाख ३५ हजार रुपैयाँमा बिक्री भएको हो । यो खर्बुजालाई एक फर्मले ‘स्टेट्स सिम्बल’को रुपमा किनेको छ । यो क्षेत्रमा खर्बुजालाई लक्जरी फल मानिन्छ । नेपालमा सामान्यतया खर्बुजाको मुल्य तौल अनुसार २ सयदेखि ३ सय रुपैयाँसम्म पर्छ भने जापानमा १० हजारदेखि २० हजार रुपैयाँसम्म पर्न जान्छ ।
यहाँका किसानहरुले खर्बुजालाई विभिन्न आकार दिने गर्दछन् । होक्काइडो नामक यी खर्बुजालाई विभिन्न आकार दिन सकिन्छ । जसको लागि किसानहरुले विभिन्न प्रकारका प्रयोगहरु गर्ने गर्दछन् । –एजेन्सी













प्रतिक्रिया