१ कार्तिक २०८३, शनिबार

एमआईटी विश्वविद्यालय द्वारा सूक्ष्मग्रहको नाम देविना थापाको नामाकरण गर्दै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा
अमेरिका । अमेरिकाको म्यासाचुसेट्स राज्यमा १ सय ५७ वर्ष अगाडि स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी (एमआईटी) विश्वविद्यालयले नेपाली मूलकी छोरीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम देविना थापा नामाकरण गरि दिएको छ ।

विश्व कै उत्कृष्ट विश्व विद्यालय मै विशेष श्रेणीमा आउने एमआईटी विश्वविद्यालयले नक्षत्र को नाम १८ वर्षीय देविना थापाको नाम राख्नु निकै अर्थ राख्दछ ।

एमआईटिले बिज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने क्रममा देविना थापाको अनुसन्धान कार्यको सम्मान गर्दै नयाँ ग्रहको नामाकरण देविना थापा रहनेछ ।

यस नामाकरण को प्रमाण पत्र वितरण गर्दै एमआईटीले देविनाले सन् २०१७ मा स्वास्थ्य क्षेत्रमा गरेको अनुसन्धान र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताको प्रशंसा गर्दै नयाँ ग्रहको नाम देविना थापा रहेको प्रमाणित गरेको छ ।

म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी (एमआईटी) लिङ्कन प्रयोगशाला अन्तरिक्ष बिभागका प्रमुख ग्रान्ट एच स्टोक्सले देविना थापालाई सन् २०१७ मा दोश्रो इन्टेल अन्तर राष्ट्रिय बिज्ञान तथा इन्जिनियर्स मेलामा दोश्रोस्थान हासिल गरेकोमा तिमीलाई सम्मान गर्दै सूक्ष्म ग्रहको नाम राखेको घोषणा गरेको पत्र लेखेका छन् ।