२९ आश्विन २०८३, बिहिबार

यौन सम्बन्ध राख्दाराख्दै महिलाको ज्यान गएपछि…

14.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १६ जेठ । यौन सम्बन्ध राख्दा राख्दै रुकुममा महिलाको मृत्यु भएपछि रुकुममा एक युवक पक्राउ परेका छन् ।

रुकुम सदरमुकाम मुसीकोट खलंगामा रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसीको बुधबार ज्यान गएको हो ।

प्रहरीले मुसीकोट नगरपालिका वडा नं। १ का १९ बर्षीय अमरबहादुर बादीलाई पक्राउ गरेको छ । उनले यौन सम्पर्क गर्ने मनसायले महिलालाई आफ्नो कोठामा लिएर गएको र यौन सम्पर्क गर्ने क्रममा महिलाको मृत्यु भएको बयान दिएका छन् । महिलाको मृत्यु भएपछि अमरले नै नजिकैको ढल आउने नालामा फालेका थिए ।

युवकलाई हिरातमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले जानकारी दिए ।