काठमाडौं, १६ जेठ । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएर हालै गठित नेकपाको केन्द्रीय कार्यालय काठमडौंस्थित धुम्बाराही र पेरिसडाँडा दुबैतिर रहने भएको छ ।
दुई ठाउँमै अध्यक्षहरूको सचिवालय रहनेछ । मूल सचिवालय धुम्बाराहीबाट चलाउने र जनसंगठनहरूलाई पेरिसडाँडातिर राख्ने तयारी छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
अबको तीनमहिनाभित्र तलसम्मै एकताको काम सिध्याउने र एकले अर्कोलाई उछिन्ने शैलीमा एकतामा जाने नीति लिइएको नेकपा स्रोतले जनाएको छ ।
एमाले र माओवादीमा अन्तिम–अन्तिमरित नयाँ शक्ति, संघीय समाजवादी फोरमदेखि साना कम्युनिस्ट घटकबाट छिरेका धेरै जसो केन्द्रीय कमिटीमा अटाएनन् ।
एमाले छाडी हिँडेका अजम्बर काङमाङ राई, अइन्द्र सुन्दर नेम्वाङ, कमल चौलागाइँहरू विभिन्न बाटो हुँदै केन्द्रीय सदस्य बने । तर, ठूलो पंक्ति बाहिरै छ ।
भीम कठायत, प्रल्हाद लामिछानेसहित थुप्रैको उठिबास छ । भागबण्डा लाग्दा दुवैतिरबाट उनीहरू पन सकेनन् । नेताहरू पनि २४१ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाउने पक्षमा देखिन्न् ।














प्रतिक्रिया