विजय थापा
अमेरिका । आगामी अगस्त महिनामा अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि सन् २०१० कि नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफरमा मनोनीत भएकी छिन् ।
आयोजकले मिस नेपाल नर्थ अमेरिकाले श्रेष्ठलाई कोरियोग्राफर नियुक्त गरेको जनाएका छन् । मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ११ तारिखमा हुँदैछ ।
मिस नेपाल नर्थ अमेरिकाको लागि सन् २०१८ कि मिस टुरिज्म इन्टरकन्टिनेंटल २०१८ ,मिस न्युयोर्क २०१७ तथा मिस टुरिज्म युएसए २०१७ बनेकी फतेना क्वासेमलाई कार्यक्रमको लागि आधिकारिक प्रशिक्षकमा मनोनीत समेत गरिएको छ ।
न्युयोर्ककै प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा उक्त कार्यक्रम अगस्त ११ तारिख भव्य समापन समारोहको आयोजना हुने तय भएको छ । सोही स्थानमा भव्य भोज समारोहको समेत आयोजना गरिनेछ ।















प्रतिक्रिया