३ कार्तिक २०८३, मंगलबार

कर्मचारीको तलब बढेन, सरकारले ल्यायो यस्तो ब्यवस्था

64.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ जेठ । सरकारले निजामति कर्मचारीलाई दुई हजार रुपैँया महंगी भत्ता बृद्धि गरेको छ ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले महंगी भत्ता २ हजार रुपैँया बृद्धि गरिएको जानकारी दिए । यसैगरी, कर्मचारी र शिक्षकको पोशाक भत्ता बढाएर १० हजार पुर्‍याइएको छ ।

कर्मचारीको तलबको विषयमा अध्ययन गर्न सरकारले एउटा समिति बनाउने भएको छ । समितिको सिफारिस अनुसार तलब निर्धारण गरिने भएको छ ।

यसैगरी, सरकारले आगामी आर्थिक बर्षबाट नियुक्त हुने सरकारी कर्मचारीलाई पेन्सन नदिने व्यवस्था गरेको छ ।