३ कार्तिक २०८३, मंगलबार

फोरम सरकारमा आउने भएपछि मन्त्री अर्यालको पद के होला ?

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । संघीय समाजवादी फोरम सरकारमा आउने भएपछि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको पद जाने पक्का भएको छ । यसअघि अर्याललाई युवा तथा खेलकुद राज्यमन्त्री बनाउने तय भएको थियो । तर, सपथ खाने समयमा उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीसँग सोमबार बिहान दुई बुँदे सहमति गरेसँगै संघीय समाजवादी फोरम सरकार जाने पक्का भएको छ । फोरमरलाई शहरी विकास र स्वास्थ्य मन्त्रालय दिने तयारी छ । यसविषयमा फोरसँग पहिले नै सहमति भइसकेको थियो ।

सामान्यतय एउटा पार्टीले नेतृत्व गरेको मन्त्रालयमा अर्काे पार्टीको राज्यमन्त्री रहने चलन छैन । त्यसैले, फोरमको सहभागितासँगै सरकार विस्तार हुने भएपछि अर्यालले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी छाड्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

नेपालको संविधान २०७२ ले मन्त्री मण्डलको संख्या २५ जना भन्दा बढी बनाउन नपाउने व्यवस्था गरेको छ । अहिले मन्त्री मण्डलमा प्रधानमन्त्री ओलीसहित २२ जना मन्त्री–राज्यमन्त्री छन् । फोरमको सहभागितापछि मन्त्री मण्डल २५ सदस्यीय हुनेछ ।

मन्त्रालय बाँडफाँटका सम्बन्धमा गएको १३ फागुनमा फोरमसँग आन्तरिक सहमति भएको थियो । तत्कालीन एमाले–माओवादीले फोरमलाई शहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिन मन्त्रालय दिने सहमति थियो ।

सरकारमा कसलाई पठाउने भन्ने विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमलाई थाहै नदिई शहरी विकास मन्त्रालयबाट खानेपानी विभाग झिकेर खानेपानी मन्त्रालय बनाएपछि फोरम सरकार जान सकेको थिए । त्यसपछि फोरम अध्यक्ष यादवले तीन मन्त्रालय दावी गरेका थिए ।

तर, प्रधानमन्त्री ओली र प्रचण्ड फोरमलाई तीन मन्त्रालय दिन नसकिने बताउँदै दुई मन्त्री र एकजना राज्यमन्त्री दिन तयार भए । १४ फागुनमा भएको मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्री ओलीले आफू मातहत शहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राखे । त्यसमध्ये शहरी विकास मन्त्रालयमा राज्यमन्त्री राखिएन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी अर्याललाई दिइएको थियो ।

अर्यालले प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् । उनी राज्यमन्त्री भएसँगै स्वास्थय क्षेत्र सुधारका धेरै काम भएका छन् ।