१३ कार्तिक २०८३, शुक्रबार

सनम शाक्यलाई टेकबहादुरले हत्या गरेको खुलासा, गोरेको बयानमा अरु के–के छ ?

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । चुडामणि उप्रेती ‘गोरे’ले अदालताम दिएको २७ पृष्ठ लामो बयानमा भारतीय व्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुराउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् ।

उनले दुबईबाट कसले सुन पठाउँथे भन्ने पनि आफूलाई थाहा नभएको दावी गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

दुबईबाट भारतीय व्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चारेको अरोप लगाउन थालेको बताउँदै गोरेले विभिन्न व्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् ।

सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाए पनि आफू हत्यामा संलग्न नभएको गारेको दावी छ ।

गारेले सनमलाई गाडीमा आराम गर्न राखेका बेला टेकबहादुर मल्लले करेन्ट लगाएर मारेको आरोप लगाएका छन् ।