
काठमाडौं, १३ जेठ । ठूला अपराध गिरोहमा युवतीहरूको संलग्नता रहने गरेका छन् । अपराध कर्म भन्नासाथ आम साधारणले जिब्रो टोक्छन् । तर यस्ता अपराधीहरू पनि छन् संसारमा कि उनीहरूको ‘सेक्सी’ अवतारका विषयमा कुरा नगरी बस्न सकिन्न ।
माथिको तस्बिरमा देखिएकी युवती कुनै मोडलभन्दा कम छैनन् । उनी जति सुन्दर छिन् त्यति नै खतरनाक पनि । यीनको नाम अस्मिता हो । जो भारतको अपराध कर्ममा संलग्न छिन् । असली नाम भूरी गोहिल हो ।
धारतको सूरतमा हतियारसहित घुम्ने अस्मिताले मोटरसाइकल लुटेकी थिइन् । दुई साथीसहित अहिले जेलमा छिन् । अस्मिता मात्र होइन, संसारमा सेक्सीको उपज पाउने अपराधी कम छैनन् ।

१. स्टेफेनी ब्युडोइन
स्टेफेनी स्मार्ट अपराधी हुन् । उनी निक्कै सुन्दर र कामुक अपराधी हुन् । २१ बर्षिया यी क्यानडेली अपराधीले निक्कै घरमा चोरी गरेकी छन् । ४२ वटा घर त फोडेकी छन् । उनीमाथि ११४ आपराधिक अभियोग छन् । चोरी र अबैधानिक काममा उनको संलग्नता रहेको प्रहरीले उल्लेख गरेको छ ।

२. एन्जेला कोएट्स
उनलाई रिहाई गर्नका लागि मान्छेहरूले जति पनि रकम खर्च गर्न तयार भएका थिए । एन्जेला सामान्य घटनाका लागि हिरासतमा लिईको थियो । मान्छेहरूले उनी मोडल भएको पनि अनुमान लगाए ।

३. जेरेमी मिक्स
जेरेमीको आकर्षक अनुहार भाइरल भयो । युवतीहरू उनको अनुहारमा हुरुक्क हुन्छन् । उनलाई संगठीत अपराधको अभियोगमा जेल हालिएको छ । १० वर्षको सजाय पाएका उनला २५ लाख डलर क्षतिपूर्ति रकम पनि तोकिएको छ ।

४. मेगन रिनिया म्क्युलोफ
मेगन ६ बच्चाकी आमा हुन् भन्ने कसैलाई लाग्दैन । उनको सुन्दरतामा धेरै मन्त्रमुग्ध हुन्छन् । उनी सन् २०१० मा जथाभावी सवारी चलाउने अपराधमा सजाय भोगेकी महिला हुन् ।

५. समान्था कुरडिल्ला
समान्था अहिलेसम्मकी एउटी कामुक अपराधी हुन् । पेन्सिल्याभियाकी यी महिला अवैधानिक हिसाबले लागु औषधका लागि तिजुआनाको सीमा पार गरेको अपराधमा थुनामा परिन् । उनी हिरोइन स्मग्लीङमा संलग्न थिइन् । उनले कुकुरका लागि यसो गरेको बताएकी थिइन् ।

६. लिन्डा बाकर
लिन्डा अदालतलाई बारम्बार अवहेलना गरेको अपराधमा २०१० मा सजाय पाएकी अपराधी हुन् । उनी पनि एक सुन्दर कैदी मानिन्छिन् ।

७. सारा जेन इजबिस्टर
सारा नौ पटकसम्म पक्राउ गरिएकी अपराधी हुन् । उनी पनि लागु औषधको कारोबारमा निरन्तर जेल परिरहेकी छन् । उनका तस्बिर निक्कै सुन्दर छन् । २०१० देखि उनी पक्राउ पर्न थालेकी थिइन् ।

८. स्टेफेनी डेविज
अर्काको आँगनमा उभिएका कारण अपराधको भागीदार बनेकी हुन् स्टेफेनी । अरुको सम्पत्तिमा उभिनु गलत भएको भन्दै दुई सय ५० डलर र केही समय हिरासतमा बस्नु परेको थियो ।
र, यो पनि पढ्नुहोस्















प्रतिक्रिया