१३ कार्तिक २०८३, शुक्रबार

प्रदेश र जिल्लामा सम्मानजनक भूमिका खोज्दै पूर्वमाओवादी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । पूर्वमाओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरूले प्रदेश, जिल्ला र जनवर्गीय संगठनमा पनि सम्मानजनक भूमिकाको दाबी गरेका छन् ।

केन्द्रीय कमटीमा नपरेपछि तत्कालीन माओवादी पोलिटब्युरो सदस्यहरूले अध्यक्ष प्रचण्डसमक्ष हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएरै माग राखेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

९ जेठमा पूर्वमाओवादीका ८७ पोलिटब्युरो सदस्यहरूले हस्ताक्षर संकलन गरी १० जेठमा प्रचण्डलाई भेटेरै माग राखेको नेता रमेश मल्लले बताए ।

केन्द्रीय कमिटीमा नपरेका नेताहरूले एकतामा विधि–प्रक्रिया नअपनाइएको गुनासो गरेको मल्ले बताए । ‘नयाँ केन्द्रीय कमिटीमा सदस्यहरू मनोमानी रूपमा मनोनीत गरिएका छन् । पूर्वमाओवादीबाट १३ जिल्लामा प्रतिनिधित्व नहुनुले पनि विधि–प्रक्रिया नअपनाएको देखिएको छ,’ पूर्वमाओवादी पोलिटब्युरो सदस्य उमेश यादवले गुनासो गरे । उनले यस्तो प्रवृत्ति सच्याउन पनि माग गरे ।

कार्यविभाजनमा सन्तुलन

प्रतिनिधिसभामा दलको उपनेता र सचेतक तत्कालीन एमाले र प्रमुख सचेतक तत्कालीन माओवादीको भागमा परेको छ । प्रतिनिधिसभाको सभामुख तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा रहेकाले दलको नेता प्रधानमन्त्री केपी ओली बनेका छन् भने उपसभामुख तत्कालीन एमालेकी डा. शिवमाया तुम्बाहम्फे छिन् । त्यस्तै, राष्ट्रिय सभाको अध्यक्ष तत्कालीन एमालेबाट गणेश तिमल्सिना बनाइएकाले दलको नेता माओवादी केन्द्रबाट दीननाथ शर्मालाई बनाइएको छ ।