१३ कार्तिक २०८३, शुक्रबार

अवैध बालगृहबाट ३३ बालबालिकाको उद्धार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, १३ जेठ । अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ ।

मुसिकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो ।

बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

शनिबार जिल्ला बाल कल्याण समिति, मुसिकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुराएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गरि घर फर्काएका हुन् ।