
जापान, १२ जेठ । जापानमा पहिलो पटक सेलेब्रिटीको लागि इन्टरनेशनल अवार्ड आयोजना हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सूर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न गर्न लागिएको हो ।
लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले आज मात्रै पहिलो ब्यानर सार्वजनिक गर्दै अवार्डको घोषणा गरिएको हो । डान्स, कमेडी, गायन र अभिनय विधामा रहेर अवार्ड आयोजना हुनेछन् ।
विश्वकै सबै भन्दा व्यस्त र महँगो शहर टोकियोमा अहिले सम्मकै ठूलो साँस्कृतिक कार्यक्रमबीच अवार्ड सञ्चालन हुने आयोजक संस्थाका बासुदेव लामिछानेले बताएका छन ।
अवार्डमा नेपालबाट नयाँ पुराना ख्यातीप्राप्त कलाकारहरु टोकियोको एकै स्टेजमा जमघट हुनेछन् । विश्वको सबैभन्दा महँगो अनि व्यस्त शहर टोकियोमा हुने अवार्ड शो पपुलर अवार्ड अन्तर्गतको अवार्ड रहेको बुझिएको छ ।
सूर्य इन्टरनेशनल अवार्ड नाम दिइएको अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ ।
चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५/५ नोमिनेसनमा रहने व्यवस्था रही अनलाइन भोटिङ सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा सभ्य र भव्य अवार्ड गरिने तयारी भईरहेको लामिछानेले बताए ।















प्रतिक्रिया