१३ कार्तिक २०८३, शुक्रबार

सन्दीपले तीन खेलमै नेपाललाई विश्वमञ्चमा चिनाए

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । तीन वर्षअघि राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई चितवनको क्याम्पाचौरबाट काठमाडौं बोलाएका थिए ।

त्यतिवेला नेपाल एकदिवसीय विश्वकपको छनोट खेलका लागि तयारी गर्दै थियो । दासानायकेले एकैपटक सन्दीपलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी गराए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तीन वर्षकै अवधिमा सन्दीप उदीयमान खेलाडी बनेका छन् । उनी यो स्थानमा पुग्नुमा अस्ट्रेलियन विश्व च्याम्पियन कप्तान माइकल क्लार्कको महत्वपूर्ण हात छ ।

सन् २०१६ मा हङकङमा भएको टी–२० ब्लिज क्रिकेटमा सन्दीपको प्रदर्शन देखेपछि क्लार्कले उनलाई प्रशिक्षणका लागि दुई महिना आफ्नै एकेडेमीमा बोलाए ।

हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी गराउन पनि क्लार्कले दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिक्की पोन्टिङलाई सुझाब दिएका थिए ।

आइपिएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । जसका कारण विश्व क्रिकेटका हस्तीहरूको ध्यान सन्दीपसँगै नेपाली क्रिकेटमाथि परेको छ ।