१३ कार्तिक २०८३, शुक्रबार

कठोर बन्दै ओली सरकार, राजश्व ठगी गर्ने व्यापारीहरूको बैंक खाता रोक्का

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ जेठ । विवरण नदेखाई राजश्व ठगी गरेको भन्दै आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन दर्जन व्यापारिक फर्मको बैंक खाता रोक्का गरेको छ ।

कार्यालयका अनुसार विवरण लुकाइ राजश्व ठगी गर्ने फर्म त्यसका प्रमुख तथा सञ्चालकहरुको समेत बैक खाता रोक्का गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

आन्तरिक राजश्व कार्यालयमा दर्ता भए पनि व्यापारिक कारोबारको विवरण नबुझाइ राजश्व ठगी गर्ने व्यापारिक फर्मको संख्या ८ हजार २ सय ५ छ ।

यसमध्ये पहिलो चरणमा तीन दर्जनभन्दा बढी फर्मको बैंक खाता रोक्का गरिएको कार्यालयले जनाएको छ ।