पेरिस । फ्रान्सेली प्रथम महिला ब्रिगिटी म्याक्रोनले आफ्ना पति तथा फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनको आलोचना गरेकी छिन् ।
आफूले प्रथम महिलाजस्तो अनुभूति नगरेको भन्दै उनले म्याक्रोनको आलोचना गरेकी हुन् । ‘म्याक्रोन राष्ट्रपतिमा निर्वाचित भएपछि पनि मैले प्रथम महिलाजस्तो अनुभूति गर्न पाएकी छैनँ,’ ६५ वर्षीया ब्रिगिटीले भनिन् ।
४० वर्षीय म्याक्रोनले आफूलाई तस्बिर खिच्नमा मात्र सीमित पारेको उनले गुनासो गरिन् । ब्रिगिटीले पछिल्ला समयमा सार्वजनिक कार्यक्रममा म्याक्रोनको आलोचना गर्दै आएकी छिन् । आफूलाई पर्याप्त समय नदिएको उनको आरोप छ । ‘म इम्यानुअल म्याक्रोनको पनि पत्नी हुँ, राष्ट्रपतिको मात्र पत्नी होइन,’ उनले भनिन् ।
आफू राष्ट्रपति भएपछि इम्यानुअलले ब्रिगिटीका लागि बृहत् भूमिका हुने बताएका थिए । फस्र्ट लेडीको भूमिका व्याख्या गर्न उनले गत अगस्टमा पारदर्शी चार्टर ल्याएका थिए । तर, विदेश भ्रमणलगायत अन्य महत्वपूर्ण अवसरमा आफूलाई फोटो सेसनमा मात्र सीमित गरिएको ब्रिगिटीको गुनासो छ ।
विद्यालय तहको अध्ययन गर्ने क्रममा तीन सन्तानकी आमा ३९ वर्षीया ब्रिगिटीसँग इम्यानुअलको प्रेम बसेको थियो । उनी त्यतिवेला केवल १८ वर्षका थिए । तीन सन्तानकी आमासँग किशोर छोराको अफेयर चलेपछि म्याक्रोनका अभिभावक चिन्तित थिए ।
अस्वाभाविक प्रेमकहानीले आजित इम्यानुअलका अभिभावकले ब्रिगिटीलाई भेटेर छोरो बयस्क नहुन्जेल अफेयर नचलाउन निर्देशनसमेत दिएका थिए । एजेन्सी













प्रतिक्रिया