विराटनगर, १० जेठ । सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेसँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ ।
बयान लिने काम विहीबार पनि जारी रहनेछ । गोरसँग सुन तस्करी र शाक्य हत्याको पृष्ठभूमिबारे बयान लिईएको अदालत स्रोतले जनाएको छ ।
ढिलोढिलो थोरै थोरै बोल्ने गोरेसँग पहिलो दिन ६ पृष्ठको बयान लिइएको छ । गोरेले सुन तस्करी र शाक्य हत्या विषयमा थप रहस्य खोल्ने संकेत देखाएको स्रोतको दाबी छ । ‘पहिलो दिन बुधबार लिईएको बयानले घटनाका विषयमा थप रहस्य खोल्ने सम्भावना देखाएको छ’, स्रोतले भन्यो ।














प्रतिक्रिया