१३ कार्तिक २०८३, शुक्रबार

कर्मचारीहरूको तलव नबढ्ने, अर्थमन्त्री आफैले गरे खुलासा

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । अर्थमन्त्री डा.यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामती कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

लतब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् । कारोबार दैनिकले समाचार छापेको छ ।

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ । उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको थियो ।