काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले जनतालाई पानाका पाना राष्ट्रवादको पाठ पढाउन खोज्नेबाहेक अरू नगरेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा लिखित भाषण गरेका देउवाले भने,‘उत्तर–दक्षिण, पूर्व र पश्चिमका हाम्रा सिमानाको सुरक्षा गरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीलाई राष्ट्रवादबारे पानाका पाना पाठ पढाउन जरुरी छैन । नेपाली जनता राष्ट्रवादी छन् ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा देउवाले राजनीतिक आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न खोजिएको आरोप लगाए ।
लिखित भाषण गरेका देउवाले भने ‘आफूलाई बलियो मान्ने सरकारले आर्थिक र सामाजिक सुधारका लागि ठूलाठूला जोखिम मोल्न सक्नुपर्छ । त्यो स्पिरिट म देख्दिनँ ।’














प्रतिक्रिया