
काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी ओलीका नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती राधिकाको नाममा १४ लाख र केपी ओलीको नाममा एभरेष्ट बैंकमा ७ लाख गरी २१ लाख मात्र थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
यसरी दुई वर्षमा ३१ लाख नगद थपिएको छ । त्यस्तै, अघिल्लोपटक श्रीमती राधिका शाक्यले राष्ट्रिय बचतपत्रमा १५ लाख लगानी गरेको उल्लेख थियो । यसपालि २५ लाखको राष्ट्रिय बचतपत्र किनेको जनाएका छन् । यसरी प्रधानमन्त्रीको खातामा ३१ लाख नगद र १० लाखको सेयर थपिएको छ । यसको स्रोत के हो ? उनले भनेका छन् : स्वआर्जन ।
ओलीकी श्रीमती राधिका शाक्यको नाममा भक्तपुरमा साढे एक रोपनी जग्गामा तीनतले घर र झापामा १० कट्ठा जमिन छ । त्यस्तै, अहिले प्रधानमन्त्रीसँग करिब १८ तोला सुनका गरगहना छन्, दुई वर्षअघि ०७२ मा प्रधानमन्त्री हुँदा ओलीसँग करिब १४ तोला सुन थियो । नगदसहितका घरघडेरी र जग्गालाई उनले स्वआर्जन भनेका छन् ।
सुनमा धनी १० मन्त्री
– पर्यटनमन्त्री रवीन्द्र अधिकारी : ६० तोला
– भौतिक योजनामन्त्री रघुवीर महासेठ : ५२ तोला
– खेलकुदमन्त्री जगतबहादुर सुनार : ५० तोला
– कानुनमन्त्री शेरबहादुर तामाङ : ३० तोला
– प्रधानमन्त्री केपी ओली : १८ तोला
– उद्योगमन्त्री मातृका यादव : १६ तोला
– ऊर्जामन्त्री वर्षमान पुन : १५ तोला
– स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल : १५ तोला
– अर्थमन्त्री युवराज खतिवडा : १० तोला
– रक्षामन्त्री ईश्वर पोखरेल : ८ तोला














प्रतिक्रिया