१३ कार्तिक २०८३, शुक्रबार

भारतीय खराब कम्पनीलाई यातायातमन्त्री महासेठको संरक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । सवारीसाधनको स्मार्ट लाईसेन्सका लागि सेवाग्राहीले १ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहे पनि यसमा जिम्मेवार भारतीय कम्पनी मद्रास सेक्युरिटीलाई सरकारले नै संरक्षण गरिरहेको छ ।

मद्रास सेक्युरिटी प्रिन्टर्सको दादागिरीका कारण सेवाग्राही मर्कामा परेका छन् । तर, यातायातमन्त्री रघुवीर महासेठका कारण सरकारले उल्टै उक्त कम्पनीलाई संरक्षण गरेको पाईएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

यातायात व्यवस्था विभागले स्मार्ट लाईसेन्स र प्रिन्टिङ मेसिन खरिदका लागि गरेको ग्लोबल टेण्डर मद्रास सेक्युरिटीले पाएको थियो तर, उक्त कम्पनीले तोकिएको समयमा आपूर्ति नगरेपछि विभागले अघिल्लो साता ठेक्का रद्ध किन नगर्ने भन्ने पत्र पठाएपछि विभागबाट महानिर्देशक रुपनारायण भट्टराइ नै हटाईए ।