३ कार्तिक २०८३, मंगलबार

सुन डन गोरे पक्राउ कि आत्मसमर्पण ? यो पत्र हेर्नुहोस्

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । काठमाडौं–८ गौरीघाटबाट ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उपे्रेती गोरेलाई पक्राउ गरिएको दाबी गरिए पनि नयाँ ट्विस्ट देखा परेको छ ।

गोरेको पक्राउ नभई आत्मसमर्पण हुनसक्ने अनुमान गरिएको छ । गोरेले ३ जेठमा नेपाल मानव अधिकार संगठनलाई लेखेको निवेदनले यसको पुष्टि गर्छ ।

अपराध महाशाखाले उसको इन्काउन्टर नै गर्ने योजना बनाएको समाचार बाहिरिए पछि गोरेले संगठनलाई पत्र लेखी आत्मसमर्पण र सुन तस्करी प्रकरणका सबै जानकारी दिने व्यवस्था मिलाउने व्यवस्था गरिदिन आग्रह गरेको थियो ।

उसले छानबिन टोलीसँगै आत्मसमर्पण गर्न चाहेको पनि संगठनलाई लेखेको पत्रमा उल्लेख छ ।

पत्र यहाँ पढ्नुहोस्