१३ कार्तिक २०८३, शुक्रबार

नेकपामा ६ केन्द्रीय सदस्य हेरफेर, यी हुन् भाग्यमानी नेताहरू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । पूर्वएमालेका तर्फबाट मनोनीत केन्द्रीय सदस्यको नाममा नेता भीमबहादुर रावलले असन्तुष्टि जनाएपछि उनकै सिफारिसअनुसार ७ नम्बर प्रदेशबाट ३ केन्द्रीय सदस्य हेरफेर गरिएको छ ।

अन्य ३ जनासहित सोमबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ६ जनाको नाम हेरफेर गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यसअघि सार्वजनिक गरिएका पुण्य गौतम, साध्यबहादुर भण्डारी र दयालबहादुर शाही हटाएर राजेन्द्रसिंह रावल, लालबहादुर विक र दीपक देवकोटालाई मनोनीत गरिएको छ ।

त्यस्तै, स्थायी समितिका आमन्त्रित सदस्यको रिक्त स्थानमा केन्द्रीय कमिटीमा सोभियत ढकाल, उमा कोइराला र नारायण सिलवाललाई मनोनीत गरिएको छ ।