३ कार्तिक २०८३, मंगलबार

यी हुन् मलेसिया जाने कामदारलाई ठग्ने ४० व्यावसायी, एक-एक गरी कारबाही (सूचीसहित)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । मलेसिया जाने कामदारलाई ठगी गरेको अभियोगमा सरकारले ४० जना व्यावसायीलाई कारबाही अगाडि बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनमा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारलाई भीसा प्रोसेसिङ तथा स्वास्थ्य परीक्षणका नाममा ठगी गर्ने व्यवसायीहरुलाई ठगी मुद्दा चलाएको हो ।

पक्राउ पर्नेमा ३१ वटा कम्पनीका ४० जना व्यावसायी छन् । उनीहरुलाई ठगी मुद्दामा हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। दुई मेडिकल सेन्टरका सञ्चालकहरु फरार छन्।

को-को परे कारबाहीमा ?

जिएसजी सर्भिस नेपाल, महाराजगगञ्ज (सञ्चालक फरार)

कुलेश्वर पोलिक्लिन– मोनिका श्रेष्ठ

स्वर्णिम मेडिकल सेन्टर सुन्धारा– गणेश तिमल्सिना र देवेन्द्र आचार्य

सुपर हेल्थ केयर सुन्धारा– केशर थापा

वान स्टप सेन्टर गैरीधारा– रामप्रसाद श्रेष्ठ

फ्युजन पोलिक्किनिक एन्ड डाइनेक्सिस सेन्टर बिजुलीबजार– सरिता गिरी

हिमालय डायनोग्सिस क्लिनिक, कोटेश्वर– यामकुमार खड्का

वेलकेयर अस्पताल एन्ड रिसर्च सेन्टर, रातोपुल– मुकुन्द भट्टराई

मन्जुश्री मेडिकल सेन्टर कमलपोखरी– निमीकुमारी तिवारी

सिर्जना मेडिकल सेन्टर बानेश्वर– रोजिना शाक्य, मुना शाक्य र रमेश खत्री

सनराइज मेडिकल सेन्टर थापागाउँ– सुमन सत्याल

चेतना स्वास्थ्य सेवा केन्द्र कोटेश्वर– विदुर थापा र चन्द्रमा राई

पब्लिक हेल्थ केयर सेन्टर सामाखुशी– सुमन श्रेष्ठ

भ्याली मेडिकल सेन्टर, रानीवारी(सञ्चालक फरार

काष्ठमन्डप हेल्थ केयर सेन्टर, बत्तीसपुतली– लक्ष्मीकान्त ज्ञवाली

अनमोल मेडिकल सेन्टर, सिनामंगल– राधिका पाण्डे र देवकी मिश्र

क्वालिटी हेल्थ केयर सेन्टर, सिनामंगल– तिलक बोहोरा

डाइनास्टिक मेडिकल सेन्टर, चाबहिल– राजेश राई

कसमस मेडिकल सेन्टर, रातोपुल– महेन्द्रकुमार जिसी, हरि घर्ती र आशिष सापकोटा

लालुपातो मेडिकल सेन्टर, पिंगलास्थान– सूर्य कार्की

वर्ल्ड भ्यू मेडिकल प्रालि– अमृत विश्वकर्मा, हरि पौडेल

अमिताभ बुद्ध मेडिकल सेन्टर महाराजगञ्ज– रामपुकार तिवारी

मेरिडियन हेल्थ केयर सेन्टर, महाराजगञ्ज– देवान राई

साउथ एसियन हेल्थ केयर सेन्टर, धुम्बाराही– निशु झा

क्यापिटल मेडिकल सेन्टर– राजकुमार लामिछाने

सिरफ हेल्थकेयर– दिपक शर्मा र नवराज अर्याल

मार्कोपोलो मेडिकल सेन्टर– भोला सत्याल र सुनिलकुमार आचार्य

आके मेडिकल सेन्टर– रामकृष्ण अवस्थी र करुणा शर्मा वाग्ले

शिखर पोलिक्लिनिक– रामप्रसाद लम्साल र सञ्जीव पाण्डे

टाइटन हेल्थ केयर सेन्टर– राजकुमार राई