काठमाडौं, ७ जेठ । दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रको एकतामा मिति अनिश्चित भएपनि एकता निश्चित भन्दै साँघुले बारम्बार प्रकाशित गरेको समाचार अन्ततः सत्य सावित भएको छ ।
धेरैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरिसकेपछि दुई पार्टीबीच एकीकरण टाढिएको चर्चा चुलिएको थियो । साँघु साप्ताहिकले समाचार छापेको छ ।
तर, बोल्ड र एन्टी करेन्ट निर्णय लिनका लागि माहिर मानिएका विघटित एमाले अध्यक्ष केपी ओली र विघटित माओवादीका अध्यक्ष प्रचण्डले देशी–विदेशी एकता विरोधी शक्तिलाई चक्मा र शुभेच्छुकहरूलाई सरप्राइज दिँदै एकीकरण टुंग्याए ।
मदन–आश्रित स्मृति दिवसकै दिन २०५७ जेठ ३ गते निर्वाचन आयोगमा एकीकृत नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी दर्ता गरेर राष्ट्रिय सभागृहबाट त्यसको घोषणा गरियो ।
जसअनुसार दुईजना अध्यक्ष ओली र प्रचण्ड रहने वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेल सम्मिलित सचिवालय (हाइकमाण्ड) रहने टुंगो लाग्यो ।
४५ सदस्यीय स्थायी समिति र ४४१ जनाको कन्द्रीय कमिटी तत्काल निर्णय गरेपछि तीन महिनाभित्र पोलिटव्युरो निर्माण गर्न नवगठित नेपाल कम्युनिस्ट पार्टीका नेताहरू सहमत भए ।












प्रतिक्रिया