१३ कार्तिक २०८३, शुक्रबार

डन र गनबाट कमरेड मुक्त

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रका बीचमा एकता भएपछि विकृतिको भारी बिसाएको अनुभूत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्कालीन एमालेका एक शीर्ष नेतालाई बताएको चर्चा छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

उनको भनाइ उदृत गर्दै ती नेताले भने ‘हुन पनि हदै अनैतिक भएको थियो माओवादी पार्टीमा । उपेन्द्र महतो, ल्याक्र्याल लामा, अजय सुमार्गी जस्ता बद्नाम, विवादास्पद व्यक्तिसँग डिलिङ भइरहेको छ, उनीहरूले फलाना पार्टी नेतालाई हात लिएको भनेर खुलेआम भनिरहेका छन्, तिनीहरूसँग सम्बन्ध भएको भन्दा लाज मान्नुपर्नेमा आरोपित नेताहरूले पनि हाकाहाकी तिनको इण्ट्रेस्टमा काम गरिरहेका छन् ।’

विचार लामो समय दुःख गरेका, केन्द्रीय कार्यालयमा बसेर इमान्दारीपूर्वक काम गरिरहेका, लाभको पद पनि कही नलिएका प्रल्हाद बुढाथोकीलाई राष्ट्रिय सभा सदस्य बनाउन भनेको त लोकमानसिंह कार्की, अजेय सुमार्गीका कानून व्यवसाय, बिचौलिया रामनारायण बिडारीलाई राष्ट्रिय सभा सदस्यमा लगिन्छ, कस्तो विडम्वना ? न लोकलाई जवाफ दिनुपर्ने, न पार्टी कमिटीलाई जवाफ दिनुपर्ने, यस्ता त कति छन् कति ?