२९ आश्विन २०८३, बिहिबार

२१ करोड भारूको राँगो, जो दिनहुँ रक्सी पिउँछ (भिडियो)

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । भारतको हरियाणाको एउटा राँगो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसको मुल्य २१ करोड भारू हो ।

यो राँगोले हरेक साँझ रक्सी समेत पिउने गरेको छ । यसको रक्सी पिउने बानीबाट मालिक दिक्क छैनन् । यसको नाम सुल्तान हो । मालिकका अनुसार सुल्तान रक्सी पिउन मन पराउँछ । रक्सी पिएपछि ऊ खुसी हुन्छ ।

https://youtu.be/bHW2vPpNtkE

८ वर्षको यो राँगोको लम्बाई ६ फिट र ओजन एक हजार किलो छ । यो राँगोको शुक्राणु बेचेर यसका मालिकले वर्षको एक करोडसम्म आम्दानी गरिरहेका छन् । राँगोको रेखदेखमा मालिकले पनि कुनै कञ्जुस्याँई गरेका छैनन् । –एजेन्सी