३ कार्तिक २०८३, मंगलबार

ओलीले चकलेट बाँडेपछि… (हेर्नुस् तस्वीरहरु)

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । ‘यो खुशीयालीमा चक्लेट खाऊँ, अनि बोलौं !’- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने ।

ओलीको प्रस्तावपछि प्रचण्ड पनि जुरुक्क उठे । र, ओलीले दिएको चकलेट ग्रहण गर्दै हात मिलाए । त्यसपछि ओली र प्रचण्ड दुबैले मञ्चमा रहेका नेताहरुलाई चकलेट बाँडे ।

शनिबार बसेको एकीकृत पार्टीको पहिलो बैठकबाट आफू संसदीय दलको नेता चुनिएपछि ओलीले चकलेट बाँडेका हुन् । उनले आफूले जितेको भन्दा पनि पार्टी एकीकरण भएको खुशीयाली चकलेट बाँडेको बताए । ओलीले चकलेट मगाउँदै बाँडेपछि हलमा खुसी छाएको थियो । केहीबेरसम्म रोमाञ्चक बातावरण बनेको थियो । त्यसलगत्तै ओली र प्रचण्डले सांसदहरुलाई सम्बोधन गरेका थिए ।

ओलीले आफूलाई संसदीय दलको नेता चयन गरेकोमा धन्यवाद दिए । देश समृद्धितर्फ अघि बढिरहेको भन्दै ओलीले छिमेकीहरुसँग सन्तुलन कायम गरेर अघि बढ्ने बताए।

प्रचण्डले पार्टी एकता असाधारण घटना भएको बताए । पार्टी एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको प्रचण्डको भनाइ थियो ।

पार्टी एकतापछि शनिबार पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको थियो ।