काठमाडौं, ५ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले जेठ ३ गते मन्त्रिस्तरीय निर्णय गरेर एसएसपीहरूको सरुवा गरेका हुन् । स्रोतका अनुसार एसएसपीहरूको सूची गृहमन्त्री थापा आफैले तयार पारेको आरोप छ ।
एसएसपी राजेन्द्र ढकाललाई संघीय प्रहरी इकाई कार्यालय लुम्विनीमा पदस्थापना गरिएको छ ।
सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय निरीक्षण तथा सुपरिवेक्षण महाशाखा, अरुणकुमार विसीलाई प्रहरी प्रधान कार्यालय कार्य महाशाखा नक्सा, प्रकाश अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, सुशीलकुमार यादवलाई प्रहरी प्रधान कार्यालय युएन जगेडा, मुकुन्दराज आचार्यलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालय नक्सालमा पदस्थापना गरिएको विज्ञप्तिमा उल्लेख छ ।


















प्रतिक्रिया