
अछाम, ४ जेठ । अछाम सदरमुकाम रहेको मंगलसैन बजार सरसफाई गरिएको छ । नगर प्रमुख पदम बोहरा आफै सहभागि भई बजारको सरसफाई गरिएको हो । मंगलसैन बजारको जनताबैंक देखि दरबार तथा जिल्ला समन्वय समिति जाने सडकको नाली सरसफाई गरिएको हो ।
हालै आएको बर्षाले बजार क्षेत्रको सडकको नालीमा फोहर थुपारेको र दुर्गन्ध फैलिएको भन्दै नगर प्रमुखको अगुवाईमा बजार सरसफाई गरिएको हो । सरसफाई अन्तर्गत नाली सफाई तथा बजारको फोहर संकलन गरि व्यवस्थापन गरिएको थियो । सरसफाईमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका पूर्व अध्यक्ष नरबहादुर रावल, बजार क्षेत्रका व्यापारी, व्यवसायी, वडाअध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
मंगलसैन नगरपालिकाले नगर स्वच्छ अभियान शुरु गरेको भन्दै नगर प्रमुख बोहराले बिहिबार मात्रै बजारका व्यापारीको छलफल गरी सबैले बजार क्षेत्र र आफ्नो पसल अगाडी सरसफाई गर्ने निर्णय भएको बताएका थिए । नगर क्षेत्रका विभिन्न वडा तथा वजार क्षेत्रमा फोहर फाल्ने भाँडाको समेत व्यवास्था भैसकेको नगर प्रमुख बोहराको भनाई छ ।
‘मंगलसैन बजारको फोहर व्यवस्थापनका लागि मंगलसैन नगरपालिका वडा नम्बर ६ को पान्लागडामा डम्पिङ साईटको समेत व्यवस्थापन गरी संचालनमा ल्याईएको छ’, नगर प्रमुख बोहराले भने, ‘बजार क्षेत्रका विभिन्न नालीको व्यवस्थापनका लागि समेत योजना बनाईरहेका छौ ।’ जथाभावी फोहर गर्ने र आफ्नो पसल अगाडी सरसफाई नगर्नेलाई कारबाही गरिने समेत उनले बताए ।












प्रतिक्रिया