२२ कार्तिक २०८३, आइतबार

सुन्दर श्रेष्ठद्धारा १० जना विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


उर्लाबारी जेठ ४ । उर्लाबारी ९ स्थित प्रभात आधारभूत विद्यालयमा अध्ययनरत १० जना विपन्न परिवारका विद्यार्थीलाई स्थानीय समाजसेवी सुन्दर श्रेष्ठले शुक्रबार छात्रवृत्ति उपलब्ध गराएका छन् ।

विद्यालयका पूर्व विद्यार्थी समेत रहेका श्रेष्ठले कक्षा १ देखि ८ कक्षा सम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप नयाँ लत्ताकपडा, स्टेसनरी, ब्याग लगायतका समाग्री हस्तान्तरण गरे । श्रेष्ठको श्रीमती सुनिता र सुन्दरले छात्रवृत्ति संयुक्त रुपमा हस्तान्तरण गरे ।

छात्रवृत्ति पाउने विद्यार्थीमा गोपाल थापा, स्नेहा श्रेष्ठ, भुमिका खतिवडा, ओसिन मारापाँचे, अंकित श्रेष्ठ, सुमित लिम्बू, पूर्णमाया खड्का, सजना लिम्बू, सुविना लिम्बू र नैनकला अधिकारी रहेका छन् । अब उनीहरुलाई लाग्ने पठनपाठनको खर्च समेत श्रेष्ठले नै ब्याहोर्ने भएका छन् ।