२९ आश्विन २०८३, बिहिबार

जान्नुहोस्, कुन रंगको नङले देखाउँछ कस्तो रोगको संकेत ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । औँलाको शोभा बढाउन नङले महत्वपूर्ण भूूमिका खेलिरहेको हुन्छ । पुरुषमा भन्दा शौन्दर्यको हिसावले महिलाहरुमा यसको अझ बढि महत्व हुन्छ । त्यसैले पनि महिलाहरुले नङमा विभिन्न किसिमका पालिस लगाएर यसलाई आकर्षक बनाउने कोशिस गरिरहेको हुन्छन् ।

नङले हाम्रो औँलाको शोभा बढाउनुको साथसाथै अर्को महत्वपूर्ण काम पनि गरिरहेको हुन्छ । नङले हामीलाई हाम्रो शरीरमा विकास भइरहेको रोग तथा शारीरिक समस्याको संकेत दिइरहेको हुन्छ । आफ्नो नङको रंग र आकारअनुसार रोग पत्ता लगाउन सकिन्छ । यसलाई बुुझ्न सके सम्भावित रोगलाई समयमा नै रोकथाम गर्न सकिन्छ ।

गाढा निलो

नङको रंग गाढा निलो देखिएमा विलसन्स डिजिज, रेनाउड्स डिजिज, सेप्टिसेमिया, फोक्सो तथा स्वप्रस्वास सम्बन्धी रोगहरु जस्ता रोगहरुको संकेत गरिरहेको हुन्छ । यसले शरीरमा आवश्यक मात्रामा अक्सिजन पुगेको छैन भन्ने पनि बुझाउँछ ।

कालो

कालो रंगको नङले एनेमियाको संकेत गर्छ । त्यस्तै यसले ब्याक्टेरियल इन्फेक्सन, मृगौला सम्बन्धी रोग, एड्रिनल समस्या, कलेजोको समस्या तथा ट्रमाको पनि संकेत गरिरहेको हुन्छ ।

पहेँलो र बाक्लो नङ

नङको आकार मोटो हुँदै गएको छ, तर लम्बाइ भने बढ्न छोडेको छ भने फोक्सोमा समस्या हुन सक्छ । यो बेला नङको रंग पहेँलो हुन थाल्छ ।

पातलो र फुट्नु

नङ निकै पातलो हुँदै गएको छ र पानीमा हात डुबाउँदा नङ टुक्रिने/चिरिने, रुखो देखिने भएको छ भने थाइराइड टेस्ट गर्नुहोस् । उच्च अवस्थाको थाइराइड नङको जराबाट पनि निस्किन सक्छ ।

फिका र सेतो

नङको रंग आधा फिका र आधा सेतो देखिएको छ भने जान्नुहोस् कि तपाईमा मृगौला, कलेजोको समस्या तथा एनेमिया पनि हुन सक्छ । रगतमा ‘रेड ब्लड सेल’ कम बनिरहेको अवस्थामा यस्तो संकेत देखिन्छ । यस्तो बेला अत्यधिक आइरन पाइने खानेकुराको जरुरत पर्छ ।

धेरै रातो

धेरै रातो नङले सम्भावित ब्रेन ह्यामरेजको पनि संकेत गरिरहेको हुन सक्छ । नङको रंग धेरै रातो देखिन थालेको छ भने हाई ब्लडप्रेसर तथा मुटु सम्बन्धी रोगको संकेत देखिएको हुन सक्छ । यस्तो बेला मुटु धेरै जोखिममा रहेको हुन्छ ।