२२ कार्तिक २०८३, आइतबार

विकेकशीलको ३ नम्बर प्रदेश संयोजकमा समिक्षा बास्कोटा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ जेठ । विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा समीक्षा बास्कोटालाई चयन गरेको छ ।

३४ वर्षीया बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन् । स्नातकोत्तरपछि ‘डिन्स फेलो’ मनोनित भएर केही समय अमेरिकामै काम गरी २०६७ सालमा नेपाल फर्किएकी बास्कोटाले त्यसपछिका वर्षहरू प्राध्यापन, कानुनी अभ्यास, पारिवारिक व्यवसाय तथा परोपकारी गतिविधिमा बिताएकी छन् ।

उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनी तेस्रो भएकी थिइन् । उनलाई प्रदेश संयोजक बनाउन पाउँदा गौरको अनुभूति भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

‘एक जना सुशिक्षित, उद्यमी, क्षमतावान र उर्जावान महिलालाई प्रदेश नं ३ को संयोजक तथा केन्द्रीय सदस्यका रूपमा पार्टीमा स्वागत गर्न पाउँदा विवेकशील साझा पार्टीले गौरवको अनुभूति गरेको छ’ प्रवक्ता रमेश पौड्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।