काठमाडौं, ४ जेठ । पर्यटन पबर्द्धन गर्ने उद्धेश्यका साथ बुद्ध वर्ल्ड राइटर्स नेपालको आयोजनामा शुक्रबारदेखि चार दिने मोटरसाइकलको आयोजना गरिएको छ ।
जिफण्टका मजदुर नेता एवं बुद्ध वर्ल्ड राइटर्स नेपालका अध्यक्ष माधव पाण्डेको नेतृत्वमा हुने र्याली शुक्रबार बिहान ७ बजे भृकुटी मण्डपबाट पर्यटनमन्त्री रविन्द्र अधिकारीले बिदाई गर्नेछन् ।
र्यालीमा सहभागी हुनेहरूलाई प्रशिक्षण दिने उदेश्यले विहीवार आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्डअफ डाइरेक्टर टंक पन्तले पर्यटन प्रबर्द्धन गर्ने महान उदेश्यका साथ हुन गैरहेको चार दिने कार्यक्रम पर्यटन विकासका ऐतिहासिक हुने बताए ।
उनले र्यालीमा सहभागी हुनेहरूलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै समृद्धि र बिकासका लागि प्रमुख आधार भनेकै पर्यटनको बिकास भएको उल्लेख समेत गरे । सहभागीहरूले आपनो मोटरसाइकलमा नेपालको राष्ट्रिय झण्डा राखेर यात्रा गर्नेछन् ।
१५ महिला सहित १ सय जना सहभागी हुने ¥याली काठमाडौंबाट चितवन, परासी, नवलपरासी, रुपन्देही हुँदै लुम्विनी, तिलौराकोट पुग्नेछ । बुद्धको जन्मभूमि हुँदै पाल्पा रानीमहल, बुटवल देबदह, तिलोत्तमा नगरपालिका पुग्नेछ ।












प्रतिक्रिया